एमाले सचिव विष्टको आग्रह : महाधिवेशन प्रतिनिधि सार्वभौम र जिम्मेवार बनेर पार्टीलाई पुनर्गठित गर्नुपर्छ

Author

सजिलो पत्रिका

२०८२ मंसिर २४, बुधबार

11
Share
Featured
  • सचिव गोकर्ण विष्टले यूएमएल महाधिवेशनका प्रतिनिधिहरू स्वतन्त्र, सार्वभौम र जिम्मेवार भएर पार्टी पुनर्गठनमा योगदान दिनुपर्ने बताए।
  • भदौ २३–२४ पछि उत्पन्न राजनीतिक परिस्थितिको गम्भीर समीक्षा गरी नीतिगत धाराहरू परिमार्जन गर्न महाधिवेशनले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनले उल्लेख गरे।
  • जनताको अपेक्षा तथा युवा पुस्ताको चाहना सम्बोधन गर्दै पार्टीलाई समृद्ध, सक्षम र समसामयिक बनाउनु महाधिवेशनको मुख्य उद्देश्य हुनुपर्ने उनको भनाइ थियो।
समाचार सारांशGenerated using AI.


नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव गोकर्ण विष्टले महाधिवेशन प्रतिनिधिहरू सार्वभौम र जिम्मेवार भएर महाधिवेशन सफल बनाउनुपर्ने बताएका छन् ।

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको सन्र्दभमा अन्तर संवाद गर्दै बिष्टले पार्टी नेतृत्व, प्रतिनिधिहरूको भूमिका र महाधिवेशनले देशको पछिल्लो राजनीतिक परिस्थिति समिक्षा गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

पार्टीभित्रका प्रतिनिधिहरू स्वतन्त्र र सार्वभौम हुनुपर्नेमा जोड दिँदै विष्टले भने, ‘महाधिवेशन सफल पार्न प्रतिनिधि साथिहरूले समातेका मुद्दा, कार्यकर्ताको चाहना र जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी पार्टीलाई पुनर्गठित र समृद्ध बनाउनु आवश्यक छ ।’

उनले भदौ २३ र २४ पछि मुलुकमा उत्पन्न राजनीतिक परिस्थितिको गम्भीर समिक्षा महाधिवेशनले गर्नुपर्ने उल्लेख गरे । उनले विधान महाधिवेशनले पारित गरेका कतिपय नीतिगत धाराहरू परिमार्जन गर्दै बदलिँदो सन्दर्भअनुसार जनताका अपेक्षा तथा युवा पुस्ताको चाहना सम्बोधन गर्न पार्टीलाई सक्षम बनाउनु महाधिवेशनको प्रमुख उद्देश्य हुनुपर्ने बताए ।

उनले भने, ‘भाद्र २३, २४ पछाडि मुलुकमा उत्पन्न परस्थितीलाई हामीले गम्भिरता साथ समिक्षा गर्न जरुरी छ । विधान महाधिवेशनले पारित गरेका कतिपय नीतिगत पक्षहरुलाई परिमार्जन गर्ने, समृद्ध बनाउने परिवर्तित सन्र्दभमा जनता र युवा पुस्ताले जे अपेक्षा राखेको छ त्यो कुरा सम्बोधन गर्ने गरी पार्टीलाई विकास गर्ने तहमा महाधिवेशनले सफलता प्राप्त गर्न सक्नुपर्दछ ।’

यो समाचारमा

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...