९० दिनभन्दा बढी अनुपस्थित कर्मचारीलाई कृषि मन्त्रालयले सोध्यो स्पष्टीकरण

Author

सजिलो पत्रिका

२०८२ मंसिर २३, मङ्गलबार

19
Share
Featured
  • कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ९० दिनभन्दा बढी बिदा बिना अनुपस्थित रहेकी कर्मचारी अनिषा गिरीलाई १५ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ।
  • निजामती सेवा ऐनअनुसार यस्तो लामो अनुपस्थिति गम्भीर कसुर मानिने भएकाले उनलाई ‘सेवाबाट किन नहटाउने?’ भनी सोधिएको छ।
  • १५ दिनभित्र चित्तबुझ्दो सफाइ नआए सेवाबाट बर्खास्त गर्ने प्रक्रिया अघि बढाइने चेतावनी मन्त्रालयले दिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित एक कर्मचारीलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ । मन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै कृषि अर्थ विज्ञ अनिषा गिरीलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।

सूचनाअनुसार, गिरी गत असार १, २०८२ देखि बिदा स्वीकृत नगराई लगातार ९० दिनभन्दा बढी समयदेखि कार्यालयमा अनुपस्थित छिन् ।

निजामती सेवा ऐन, २०४९ अनुसार लामो समयसम्म अनुपस्थित रहनु गम्भीर कसुर मानिन्छ । सोही ऐनबमोजिम मन्त्रालयले गिरीलाई 'सेवाबाट किन नहटाउने?' भनी प्रश्न गरेको छ ।

मन्त्रालयको मंसिर १७ गतेको सचिवस्तरीय निर्णयअनुसार, सूचना प्रकाशित भएको १५ दिनभित्र चित्तबुझ्दो सफाइ पेश नगरेमा कानुनबमोजिम उनलाई सेवाबाट बर्खास्त गर्ने प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।

यो समाचारमा

कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...