जनकपुरमाथि कर्णालीको रोमाञ्चक जित, अंकतालिकाको पुछारमा रह्यो जनकपुर

Author

सजिलो पत्रिका

२०८२ मंसिर २१, आइतबार

27
Share
Featured
  • कर्णाली याक्सले एनपीएल सिजन–२ को अन्तिम लिग खेलमा जनकपुर बोल्ट्सलाई ३ रनले पराजित गर्यो।
  • १३० रनको लक्ष्य पछ्याएको जनकपुर ७ विकेट गुमाउँदै १२६ रनमै रोकियो, जहाँ संजय कृष्णमूर्तिले ५१ रनको अर्धशतक बनाए पनि टोलीलाई जित दिलाउन सकेन।
  • कर्णालीले १२९ रन बनाएको खेलमा दुवै टोलीका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे, र पहिलो सिजनका विजेता जनकपुर अंक तालिकाको पुछारमै रहँदै बाहिरियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको लिग चरणअन्तर्गत अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई हराएको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको खेलमा कर्णालीले जनकपुरलाई ३ रनले हराएको हो ।

कर्णालीले दिएको १३० रनको लक्ष्य पछ्याएको जनकपुर पूरा ओभर खेल्दै ७ विकेट गुमाउँदै १२६ रनमा रोकियो । 

२९ रन जोड्दा ४ विकेट गुमाएको जनकपुरलाई संजय कृष्णमूर्तिले अर्धशतक पारी खेले । उनले ३९ बलमा १ चौका र ४ छक्कासहित ५१ रन जोडे । 

ओपनर माज सदाकतले १२ रन बनाउँदा अर्का ओपनर आसिफ शेख र अनिल साह डकआउट हुन पुगे । मयन यादवले ९ रन बनाउँदा जान निकोल लोफ्टी–इटनले रन जोडे । तर, अन्तिम ओभरमा १४ रन बनाउन नसक्दा जनकपुरले जित हासिल गर्न सकेन । 

कर्णालीका लागि विलियम बोसिस्टोले दुई विकेट लिँदा मार्क वाट, पवन सर्राफ र कप्तान सोमपाल कामीले एक–एक विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङ थालेको कर्णालीले पूरै २० ओभर खेलेर ९ विकेटको क्षतिमा १२९ रन बनाएको थियो । 

कर्णालीका लागि ओपनर इमरान शेखले ३३ रन बनाउँदा गुल्शन झाको नाममा १९ रन रह्यो । 

अर्का ओपनर मार्क वाट ४ रनमै आउट हुँदा प्रियाङ्क पान्चालले १६ रन जोडे । विलियक बोसिस्टोले १५ रन बनाउँदा नजिबुल्लाह जद्रान १३ रनमा आउट भए । कप्तान सोमपाल कामीले १८ रन जोडे ।

जनकपुरका लागि ललित राजवंशी र आदित्य महताले दुई–दुई विकेट लिँदा अनिल साह, माज सदाकत र संगिथ कुरेले एक–एक विकेट लिए ।  

यससँगै पहिलो सिजनको विजेता रहेको जनकपुरले अंक तालिकाको पुछारमा रहँदै सिजनको अन्त्य गरेको छ ।

यो समाचारमा

जनकपुरसोमपाल कामीत्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानकीर्तिपुर
नेपाल प्रिमियर लिग5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वीटजरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

    काठमाडौँ।विश्व च्याम्पियन अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान कान्सास सिटी स्टेडियममा भएको रोमाञ्चक क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना अन्तिम चारमा पुगेको हो।निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अर्जेन्टिनाका लागि १० औँ मिनेटमा एलेक्सिस

    Data is loading...

    Loading brands...

    Loading footer...