विमान प्रविधिको द्रुत विकास, तर मानव–केन्द्रित सेवाको महत्व अपरिवर्तित :मन्त्री सिन्हा

Author

सजिलो पत्रिका

२०८२ मंसिर २१, आइतबार

53
Share
Featured
  • मन्त्री अनिल कुमार सिन्हाले नयाँ प्रविधि र नवप्रवर्तनले विमान क्षेत्रलाई द्रुतगतिमा परिवर्तन गरिरहेको बताए।
  • स्मार्ट विमान, हरित इन्धन, एआई सेवा प्रणाली र उन्नत सुरक्षा प्रविधिले उडानलाई सुरक्षित, वातावरणमैत्री र यात्रु–अनुकूल बनाउँदै छन्।
  • प्रविधि हिँड्दै गए पनि क्याबिन क्रु जस्ता मानव–केन्द्रीय भूमिकालाई मेसिनले प्रतिस्थापन गर्न नसक्ने उनले स्पष्ट गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले विमान क्षेत्रका नयाँ–नयाँ प्रविधि र नवप्रवर्तनले नागरिक उड्यन क्षेत्रमा व्यापक परिवर्तन ल्याइरहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्यन दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा मन्त्री सिन्हाले आधुनिक विमान क्षेत्र केवल यात्रु बोक्ने साधनमा सीमित नरही नवप्रवर्तन, प्रविधि, सुरक्षा तथा मानव–केन्द्रित सेवाको समिश्रण बनेको उल्लेख गरे । 

उनले भने, ‘स्मार्ट विमान, हरित इन्धन, एआई सेवा प्रणाली, डिजिटल चेक–इन र उन्नत सुरक्षा प्रविधिहरू निरन्तर विकसित हुँदैछन् । विश्वभर उडानलाई झनै सुरक्षित, वातावरणमैत्री र यात्रु–अनुकूल बनाउन नयाँ प्रवर्तनहरू भइरहेका छन् ।’

प्रविधिको तीव्र विकासका बीचमा पनि मानवको भूमिकालाई कुनै मेसिनले प्रतिस्थापन गर्न नसक्ने मन्त्री सिन्हाको भनाइ छ । विशेषगरी क्याबिन क्रुका सेवा–सम्पर्क, भावनात्मक सहयोग र मानव–केन्द्रित भूमिकालाई प्रविधिले पूर्ण रूपमा धान्न नसक्ने उनको तर्क थियो ।

उनले भने, ‘मानव–केन्द्रित सेवाको साथबिना विमान सेवा सञ्चालन सम्भव छैन, तर सबैको केन्द्रमा एउटा कुरा उहीँ छ, के मानवको भूमिका विशेषगरी क्याबिन क्रुको भूमिकालाई  मेसिनले परिवर्तन गर्न सक्छ ? सेवा दिन सक्दैन किनकी मानव केन्द्रित सेवाको सहयोगले मात्रै यो सेवा सञ्चालन हुन सक्छ ।’

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...