नवनियुक्त मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण, सुशासन कायम गर्ने पहिलो निर्णय

Author

सजिलो पत्रिका

२०८२ मंसिर २१, आइतबार

15
Share
Featured
  • मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णा यादवले पद तथा गोपनियताको सपथ लिएर पदभार ग्रहण गरे।
  • उनले प्रदेशमा सुशासन कायम गर्न, सरकारी कामकाज छरितो बनाउन र सात दलीय गठबन्धन मजबुत राख्ने निर्णय गरे।
  • मन्त्रीपरिषद् विस्तार चाँडै हुने जानकारी दिँदै, हाल अर्थ मन्त्रालय बाहेकका सबै मन्त्रालयहरू उनको जिम्मेवारीमा रहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णा यादवले पदभार ग्रहण गरेका छन् ।

आइतबार पद तथा गोपनियताको सपथ लिए लगत्तै मुख्यमन्त्री यादवले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले प्रदेशमा सुशासन कायम गर्ने र प्रदेशमातहतबाट हुने सम्पूर्ण सरकारी कामकाज छिटो र छरितो बनाउने निर्णय गरेका छन् ।

सो क्रममा सञ्चारकर्मीहरुसंग कुरा गर्दै मुख्यमन्त्री यादवले अहिलेको प्रदेश सरकारले स्थिरता पाउनेमा आफू विश्वस्त रहेको धारणा राखे । उनले सात दलीय गठबन्धन मजबुत रहेको बताए । 

प्रतिपक्षका सांसदहरुले पनि आफूसंग सहकार्य गर्ने आशा रहेको मुख्यमन्त्री यादवको भनाई थियो । त्यस्तै, उनले मन्त्रिपरिषद् थप विस्तार चाँडै हुने जानकारी दिए । 

विश्वासको मत लिनु भन्दा पहिला पनि मन्त्रिपरिषद् विस्तार हुने उनले बताए । अहिले मुख्यमन्त्री यादवसंग अर्थ मन्त्रालयबाहेकका सम्पूर्ण मन्त्रालयहरु रहेको छ ।

यो समाचारमा

मधेश प्रदेशकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा निःशुल्क उपलब्ध गराउने गरी तीन संस्थासँग प्राधिकरणको समझदारी

    काठमाडौं । विपद्‌मा परेका व्यक्तिको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वायुसेवा सञ्चालक संघ नेपाल, नेपाल ड्रोन संघ र नेपाल एसोसिएसन अफ राफ्टिङ्ग एजेन्सिज् (नारा)सँग समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरेको छ।प्राधिकरणमा बुधबार आयोजित कार्यक्रममा भएको सम्झौताअनुसार वायुसेवा सञ्चालक संघले काठमाडौं उपत्यकाभित्र उद्धार उडान

    Data is loading...

    Loading brands...

    Loading footer...