मानव अधिकार महाभेला मंसिर २२ देखि २८ सम्म, १२५ संस्था सहभागी हुने

Author

सजिलो पत्रिका

२०८२ मंसिर २१, आइतबार

21
Share
Featured
  • मानव अधिकारको लागि महिला र एकल महिला समूहको संयोजनमा १७औँ मानव अधिकार राष्ट्रिय महाभेला मंसिर २२–२८ गते विविध स्थलमा आयोजना हुने भएको छ।
  • हाल नेपालको कमजोर बन्दै गएको मानव अधिकार अवस्था, द्वन्द्व र हिंसा वृद्धि तथा अधिकार उल्लङ्घनको पृष्ठभूमिमा महाभेला आयोजना गरिएको हो।
  • ‘मानव अधिकारको सम्मान, सुशासनको सुनिश्चितता, न्यायपूर्ण समुन्नत नेपाल’ नारासहित हुने कार्यक्रममा १२५ संस्था र देशभरबाट १,००० भन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मानव अधिकारको लागि महिला, एकल महिला समूहको संयोजनमा आगामी १७ औं मानव अधिकार राष्ट्रिय महाभेला तथा ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०८२ मनाइने भएको छ । 

महाभेला मंसिर २२ देखि २८ गतेसम्म राष्ट्रिय मानव अधिकार आयोगको सभाहलसहित विभिन्न स्थानमा सञ्चालन हुने भएको हो ।

नेपालमा पछिल्ला वर्षहरूमा मानव अधिकारको अवस्था कमजोर बन्दै गएको, द्वन्द्व, हिंसा र आतङ्कका घटनामा वृद्धि भएको तथा संविधानले सुनिश्चित गरेका अधिकारहरू समेत पटक–पटक उल्लङ्घन भइरहेका परिप्रेक्ष्यमा यो महाभेला आयोजना गर्न लागिएको आयोेजक संस्थाले जनाएको छ ।

युवा आन्दोलनपछिको राजनीतिक संक्रमण, राजनीतिक दलहरू, आन्दोलनकारी युवाहरू र अन्य समूहबीच कायम असमझदारीका कारण मानव अधिकार उल्लङ्घन बढ्ने जोखिम देखिएको भन्दै संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याई सबै नागरिकका अधिकार सुनिश्चित गर्न आवश्यक रहेको डब्लुएचआरलेले उल्लेख गरेको छ ।

यस वर्षको महाभेला ‘मानव अधिकारको सम्मान, सुशासनको सुनिश्चितता, न्यायपूर्ण समुन्नत नेपाल’ मूल नाराका साथ सञ्चालन हुनेछ । राष्ट्रिय मानव अधिकार आयोग, गैरसरकारी महासंघलगायत १२५ मानव अधिकार तथा सामाजिक न्यायका क्षेत्रका संस्था सहभागी हुने महाभेलामा देशभरबाट एक हजार भन्दा धेरै प्रतिनिधि उपस्थित हुने अपेक्षा गरिएको छ ।

महाभेलाको प्रमुख आतिथ्यता गृह मन्त्रालयका गृहमन्त्री ओमप्रकाश अर्याल रहने छन् । मुख्य संयोजक तथा एजिन नेपाल र युनिफिकेशन नेपाल सह–संयोजकका रूपमा रहँदै कार्यक्रम व्यवस्थापनमा जुटिरहेका छन् ।

यो समाचारमा

ओमप्रकाश अर्यालकाठमाडौँनेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...