पार्टी फुटाएको भन्दै जनार्दन शर्मालाई रुकुममा कालो झण्डा देखाइयो

Author

सजिलो पत्रिका

२०८२ मंसिर २१, आइतबार

24
Share
Featured
  • नयाँ दल प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेर माओवादी केन्द्र छोडेका जनार्दन शर्मा रुकुम पूर्व पुग्दा नेपाली कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालो झण्डा देखाउँदै विरोध गरे।
  • कार्यकर्ताहरूले शर्मा पार्टी फुटाएर कम्युनिष्ट आन्दोलन कमजोर बनाएको आरोप लगाउँदै नाराबाजी गरे, जसले केहीबेर एयरपोर्टको स्थिति तनावग्रस्त भयो।
  • पार्टी विभाजनपछि पहिलो पटक गृह जिल्ला पुगेका शर्माले पूर्वसहकर्मीहरूकै विरोध सामना गर्नुपरेको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट छुट्टिएर नयाँ दल गठन गरेका नेता लाई आफ्नै गृह जिल्ला रुकुम पूर्वमा कालो झण्डा देखाइएको छ । गृह जिल्ला भ्रमणका क्रममा रुकुमको सल्ले एयरपोर्टमा ओर्लिनेबित्तिकै उनलाई नेपाली कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले कालो झण्डा देखाएर विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उत्रिएका युवाहरूले शर्माले पार्टी फुटाएको भन्दै चर्को नाराबाजी गरेका थिए । उनीहरूले शर्माको कदमले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएको आरोप लगाएका छन् । एयरपोर्टमा अप्रत्याशित रूपमा विरोध भएपछि केहीबेर स्थिति तनावग्रस्त बनेको थियो ।

तत्कालीन नेकपा (माओवादी केन्द्र) मा लामो समय राजनीति गरेका शर्माले हालै मात्र पार्टीबाट अलग भएर ‘प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)’ नामक नयाँ दल गठन गरेका छन् ।

उता, माओवादी केन्द्रले भने अन्य विभिन्न कम्युनिष्ट घटकहरूसँग एकता गर्दै ‘नेपाली कम्युनिष्ट पार्टी’ गठन गरेको छ । यही नयाँ एकीकृत पार्टीका कार्यकर्ताहरूले शर्माको गृह जिल्ला आगमनमा विरोध जनाएका हुन् । पार्टी विभाजनपछि पहिलो पटक गृह जिल्ला पुगेका शर्माले आफ्नै पूर्वसहकर्मीहरूबाट विरोधको सामना गर्नुपरेको हो ।

यो समाचारमा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...