चन्द्रपुर सवारी दुर्घटना : मृतकका परिवारले टायर बालेर गरे प्रदर्शन

Author

सजिलो पत्रिका

२०८२ मंसिर २०, शनिबार १६:२३

21
Share
Featured
  • रौतहटमा भएको बस–मोटरसाइकल दुर्घटनामा मृत्यु भएका नागेन्द्र पटेलका परिवार र आफन्तले चन्द्रनिगाहपुर चोकमा टायर बालेर प्रदर्शन गरे।
  • प्रदर्शनका क्रममा प्रहरीले सामान्य झडपपछि मार्ग खुलाएर राजमार्गमा सवारी आवागमन सुचारु गर्यो।
  • दुर्घटनामा तीन जना घाइते भएका छन्; बस र मोटरसाइकल चालक प्रहरीले नियन्त्रणमा लिएको छ र हाल राजमार्गमा सवारी बाधा छैन।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


रौतहटमा भएको सवारी दुर्घटनामा मृत्यु भएका परिवार तथा आफन्तले चन्द्रनिगाहपुर चोकमा प्रदर्शन गरेका छन् ।

उनीहरुले शनिबार पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुर चोकमा टायर बालेर प्रदर्शन गरेका हुन् । सो सडकखण्ड भएर गुड्ने लामो तथा छोटो दुरीका सवारी साधन रोकिएका थिए । 

राजमार्ग खुलाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप भएको छ । झडपपछि प्रहरीले प्रदर्शनकारीहरूलाई भगाएर राजमार्ग सुचारु गरेको हो ।

हिजो साँझ चन्द्रपुर नगरपालिका वार्ड नम्बर ६ मोथिहायी पुल नजिकै बसको ठक्करबाट ज्यान गुमाएका मोटरसाइकल चालक रौतहट बृन्दावन नगरपालिका वडा नम्बर २ बिश्रामपुर बस्ने ४० वर्षीय नागेन्द्र पटेलको मृत्यु भएको थियो ।

दुर्घटनामा १२ वर्षीय युवराज पटेल, ११ वर्षीया आकृति पटेल र १५ वर्षीय छोरा प्रिन्स कुमार पटेल घाइते भएको र अहिले उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

गौरबाट चपुरतर्फ आउँदै गरेको ना ४ ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट गइरहेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको र दुवै सवारी साधन र बस चालक इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको डीएसपी रुपा लाबुङले बताइन् । 

अहिले पूर्व पश्चिम राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुर सडक खण्डमा कुनै अवरोध नरहेको र निर्वाध रुपमा सवारी आवागमन भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहट ले जनाएको छ ।

यो समाचारमा

काठमाडौँबृन्दावन नगरपालिकारौतहटगौर
चन्द्रपुर नगरपालिका4 more

ट्यागहरू

#चन्द्रनिगाहपुर#मोटरसाइकल चालक#सवारी दुर्घटना#मृत्यु#रौतहट जिल्ला प्रशासन कार्यालय#जिल्ला प्रहरी कार्यलय#राजमार्ग#सडकखण्ड#रौतहट#दुर्घटना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    साउने संक्रान्तिमा लुतो फालेझैँ राजनीतिक विकृति फालौँ- भीष्मराज आङ्देम्बे

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

    भर्खरै

    News Image

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    News Image

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    News Image

    साउने संक्रान्तिमा लुतो फालेझैँ राजनीतिक विकृति फालौँ- भीष्मराज आङ्देम्बे

    News Image

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू