विस्फोटक ब्याटिङका साथ सुदूरपश्चिममाथि विराटनगरको सानदार जित

Author

सजिलो पत्रिका

२०८२ मंसिर २०, शनिबार

24
Share
Featured
  • विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै पहिलो क्वालिफायरमा स्थान सुनिश्चित गर्यो।
  • लक्ष्य १४८ रन विराटनगरले ११.५ ओभरमै पूरा गर्यो, जहाँ फाफ डु प्लेसिस र साम हेजलेटले तीव्र गतिमा अर्धशतक प्रहार गरे।
  • सन्दीप लामिछानेले ३ विकेट लिए भने यो जितसँगै सुदूरपश्चिम १२ अंकसहित पहिलो र विराटनगर १० अंकसहित दोस्रो स्थानमा रहेर दुवै क्वालिफायरमा पुगे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध ६ विकेटको सहज जित निकाल्दै पहिलो क्वालिफायरमा स्थान सुनिश्चित गरेको छ । 

ओपनरद्वय फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक ब्याटिङप्रेरित विराटनगरले ११.५ ओभरमा ४ विकेट गुमाउँदै ६ विकेटको सहज जित निकालेको हो । 

शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमा चार विकेट गुमाएर पूरा ग-यो ।

विराटनरको जितमा दुई ओपनरले अर्धशतक प्रहार गरे । फाफ डु प्लेसिस २० बलमा ५० र साम हिटलेज २७ बलमा ५० रन बनाएर आउट भए । मार्टिन गप्टिल २२ र बसिर अहमद ८ रनमा आउट भए । लोकेश बम ३ र प्रतिश जिसी १३ रनमा अविजित रहे । बलिङमा सुदूरपश्चिमका अभिनास बोहरा दुई र हर्मित सिंहले एक विकेट लिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि आरिफ शेखले अविजित सर्वाधिक ४५ रन बनाए ।

विनोद भण्डारी १५, जोश ब्राउन २४, इसान पाण्डे ३८, हर्मित सिंह ०, कप्तान दीपेन्द्रसिंह ऐरी १९ र दीपक बोहरा ३ रनमा आउट भए ।

बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । प्रतिश जिसीले दुई तथा बसिर अहमदले एक विकेट लिए । 

यो जितसँगै विराटनगरले प्रतियोगिताको पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग नै भेट पक्का गरेको हो । सुदूरपश्चिम सात खेलमा १२ अंकसहित शीर्ष स्थानमा रहँदा विराटनगरले १० अंकसहित दोस्रो स्थान हासिल गरेको छ । 

यो समाचारमा

काठमाडौँत्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...