लोकतन्त्र व्यवस्था मात्रै होइन लोकहितमा समर्पिता चरण र चरित्र पनि हो : राष्ट्रपति

Author

सजिलो पत्रिका

२०८२ मंसिर २०, शनिबार

31
Share
Featured
  • राष्ट्रपति पौडेलले विकासको लक्ष्य नागरिकको जीवनस्तर सुधार र खुशी बढाउनेतर्फ केन्द्रित हुनुपर्ने बताए, जसका लागि सुशासन र चुस्त सेवा प्रवाह आवश्यक रहेको उल्लेख गरे।
  • उनले लोकतन्त्र जनताको आवाज सुनी उनीहरूको चाहनाअनुसार काम गर्ने आचरण हो भन्दै नेतृत्वले नयाँ पुस्ताको अपेक्षा बुझेर आफूलाई रूपान्तरण गर्नुपर्नेमा जोड दिए।
  • स्थानीय तहले नागरिकका चाहना पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने भन्दै उनले आगामी प्रतिनिधिसभा निर्वाचन सफल बनाउन सबैलाई आव्हान गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माण मात्रै होइन नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुशी ल्याउन सक्ने विकास आजको आवश्यकता भएको बताएका छन् । 

राष्ट्रपति पौडेलले ललितपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको शनिबार उद्घाटन गर्दै सो धारणा व्यक्त गरेका हुन् । 

‘पूर्वाधार निर्माण मात्रै होइन नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुशी ल्याउन सक्ने विकास आजको आवश्यकता हो, यसका लागि सेवा प्रवाहमा चुस्तता र सुशासन महत्वपूर्ण पक्ष हो भन्ने म ठान्दछु’, उनले भने । 

राष्ट्रपति पौडेलले जनताका गुनासा, असन्तुष्टि, माग सुन्ने र तीनलाई बुझ्न घरदैलोमा पुग्ने लोकतान्त्रिक आचरण र शैली  पनि उत्तिकै महत्वपूर्ण रहेको बताए । 

‘लोकतन्त्र केवल शासन व्यवस्था मात्र होइन यो लोकको आवाज सुन्ने र उनीहरूको चाहनाअनुरुप काम गर्ने संस्कार एवम शैली हो । लोकहितमा समर्पित हुने असल आचरण र चरित्र पनि हो । यो मर्म र भावना बुझेर अघि बढ्ने नेतृत्व साथै जनप्रतिनिधिको दृढ इच्छाले मात्र भौतिक विकाससँगै नागरिकको मुहारमा खुशी ल्याउन र व्यवस्थाप्रति भरोसा जागृत गराउन सक्छ’, राष्ट्रपति पौडेलले भने । 

उनले नयाँ पुस्ताको चाहना पनि सेवा प्रवाहमा चुस्ततासहित सुशासनको माध्यमबाट मुलुकको विकास गर्दै यहि व्यवस्थामा मात्र हाम्रो भविष्य सुरक्षित छ भनेर जनतामा भरोसा जागृत गराउनुपर्दछ भन्ने नै भएको बताए । 

‘नयाँ पुस्ताको यो चाहना बुझेर राजनीतिक नेतृत्वले त्यसैअनुसार आफूलाई रुपान्तण गर्दै लैजानु आजको हाम्रो साझा दायित्व हो भन्ने म ठान्दछु’, राष्ट्रपति पौडेलले भने । 

उनले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै विकासको युगिन अभिभारा पूरा गर्ने युवा पुस्ताको चाहनालाई पुरा गर्न तथा देशको वर्तमान परिस्थितिलाई निकास दिन आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउन पनि आव्हान गरे । 

उनले नागरिकका चाहना पूरा गर्न विशेषत स्थानीय सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । 

‘संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको छ, नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहले दिने सेवा र प्रदान गर्ने सुशासनले नै व्यवस्थाप्रति नागरिकको भरोसा अभिवृद्धि गर्दछ, त्यसैले नागरिकका चाहना पूरा गर्न विशेषतः स्थानीय सरकारले ध्यान दिनुपर्दछ’, पौडेलले भने । 

विभिन्न जातजाति, भाषा, संस्कृति र सम्पदा हाम्रो मौलिक पहिचान हो भन्दै राष्ट्रपति पौडेलले सम्पदा शहरको नाममा देश विदेशमा प्रख्यात ललितपुर महानगरले सम्पदा पुननिर्माण तथा संरक्षणमा गरेको अथक प्रयाससँगै हासिल गरेको उपलब्धिले यस क्षेत्रमा नयाँ आशा जगाएको उल्लेख गरे ।

यो समाचारमा

रामचन्द्र पौडेलकाठमाडौँललितपुर महानगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...