पाकिस्तान–तालिबान सीमा तनाव फेरि चर्कियो

Author

सजिलो पत्रिका

२०८२ मंसिर २०, शनिबार

26
Share
Featured
  • पाकिस्तान र अफगानिस्तानका तालिबान बलबीच स्पिन बोल्डक क्षेत्रमा पुनः भीषण झडप हुँदा चार जनाको मृत्यु र दुवैतर्फ घाइते भएका छन्।
  • दुवै पक्षले चार घण्टा लामो गोलीबारीको पुष्टि गरे पनि कसले सुरु गर्‍यो भन्ने विषयमा एक–अर्कालाई दोषारोपण गरेका छन्।
  • भीषण गोलीबारीपछि स्पिन बोल्डक तथा आसपासका बस्तीका स्थानीयवासीहरू ठूलो संख्यामा घर छोडेर भाग्न बाध्य भएका छन्।
  • कतर र टर्कीको मध्यस्थतामा भएको युद्धविराम दुई महिनामै अस्थिर बनेको छ भने साउदी अरबमा भएको पछिल्लो वार्ता पनि कुनै सहमतिबिना सकिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पाकिस्तानअफगानिस्तानका तालिबान बलबीच पुनः घातक झडप भएको छ। दुवै पक्षले एक–आपसलाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन्। अफगानिस्तानको स्पिन बोल्डक सहरमा रातभर भीषण गोलीबारी भएपछि स्थानीयवासीहरू घरबार छोडेर सुरक्षित स्थानतर्फ पलायन भएका छन्।

कन्धारस्थित एक अस्पताल स्रोतका अनुसार चार जनाको शव ल्याइएको छ भने पाकिस्तानतर्फ तीन जना घाइते भएका छन्। पछिल्ला केही महिनादेखि दुवै देशबीच अन्तरालमा दोहोरो भिडन्त भइरहेकामा तालिबानले पाकिस्तानलाई अफगान भू–भागमा हवाई आक्रमण गरेको आरोप पनि लगाउँदै आएको छ।

दुवै देशले चार घण्टा लामो भिडन्त भएको पुष्टि गरेका छन् तर कसले सुरु गर्‍यो भन्ने विषयमा दुवै पक्षले एक–अर्कालाई दोषारोपण गरेका छन्। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका प्रवक्ताले तालिबानले “उत्तेजनापूर्ण गोलीबारी” गरेको दाबी गर्दै सेनाले “उचित र कडा जवाफी कारबाही” गरेको बताएका छन्। त्यसैगरी, तालिबानका प्रवक्ताले पाकिस्तानले फेरि आक्रमण सुरु गरेपछि आफूहरू बाध्य भएर प्रत्युत्तर दिएको बताएका छन्।

सीमाबाट प्राप्त भिडिओहरूमा ठूलो संख्यामा अफगान नागरिकहरू पैदल तथा सवारी साधनमार्फत भागिरहेको देखिन्छ। झडप फैलन सक्ने त्रासले छिमेकी बस्तीहरूबाट पनि स्थानीयले घर छोड्न थालेका छन्।

यो हिंसात्मक घटना दुई महिनाअघिको कतर र टर्कीको मध्यस्थतामा भएको युद्धविरामपछिको सबैभन्दा ठूलो भिडन्त हो। पाकिस्तान लामो समयदेखि अफगान तालिबानमाथि पाकिस्तानमा आक्रमण गर्ने सशस्त्र समूहहरूलाई आश्रय दिने आरोप लगाउँदै आएको छ। तर अफगान तालिबानले यी आरोप अस्वीकार गर्दै पाकिस्तानले आफ्ना ‘सुरक्षा असफलता’को दोष अरूलाई थोपरेको आरोप लगाउँछ।

गत साता दुवै देशका प्रतिनिधिमण्डल साउदी अरबमा शान्ति समझदारीका लागि चौथो चरणको वार्तामा बसे पनि कुनै सहमति बन्न सकेन। तर विश्वसनीय स्रोतहरूका अनुसार दुवै पक्षले युद्धविराम निरन्तरता दिने प्रारम्भिक सहमति भने व्यक्त गरेका छन्।

यो समाचारमा

पाकिस्तानअफगानिस्तानकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...