मधेस प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादव नियुक्त

Author

सजिलो पत्रिका

२०८२ मंसिर १९, शुक्रबार

19
Share
Featured
  • कांग्रेसका कृष्णप्रसाद यादव मधेस प्रदेशका मुख्यमन्त्री नियुक्त भए।
  • उनले ७७ जना सांसदको समर्थन पाएर दाबी पेश गरेका थिए।
  • सातदलीय गठबन्धन (जसपा, जनमत, लोसपा, माओवादी, नेकपा एस, नागरिक उन्मुक्ति) ले यादवको समर्थन गरेको छ।
  • मुख्यमन्त्री नियुक्ति पश्चात एक साताभित्र विश्वासको मत लिन तयारी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मधेश प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद यादव नियुक्त भएका छन् । ७७ जना सांसदको समर्थनमा दाबी पेस गरेका यादव मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

गत बुधबार मुख्यमन्त्री सरोज कुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । सात दलीय गठबन्धनले कांग्रेसका कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने सहमति गरेका थिए ।

यादवलाई जसपा, जनमत पार्टी, लोसपा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा एस र नागरिक उन्मुक्ति पार्टीका सांसदले समर्थन गरेका छन् । मुख्यमन्त्रीमा नियुक्त भएसँगै एक साताभित्रै विश्वासको मत लिने सात दलीय गठबन्धको तयारी छ । सातै दलका नेताहरूले दाबीपत्रमा हस्ताक्षर गरेको छन् ।

यो समाचारमा

सुरेन्द्र लाभ कर्णसरोज कुमार यादवजनमत पार्टीकाठमाडौँ
मधेश प्रदेश7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...