बुटवलमा ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा सञ्चालनमा

Author

सजिलो पत्रिका

२०८२ मंसिर १९, शुक्रबार

36
Share
Featured
  • केन्द्रका संस्थापक आयुष चन्द्र रेग्मी हिप्नोथेरापिस्ट, ऊर्जा उपचारकर्ता र मनोसामाजिक परामर्शदाताका रूपमा परिचित छन्। उनले मानसिक स्वास्थ्य समस्यालाई प्राचीन पूर्वीय उपचार पद्धति र आधुनिक वैज्ञानिक विधिको संयोजनमार्फत समाधान गर्ने बताएका छन्।
  • केन्द्रले तनाव, आत्मविश्वासको कमी, भावनात्मक असन्तुलन, फोबिया, ट्रामा, सम्बन्धका चुनौती र जीवनशैलीसम्बन्धी समस्याहरूको समाधानमा सफलता हासिल गरिसकेको छ।
  • नयाँ शाखामा हिप्नोथेरापी, ऊर्जा–हीलिङ, तन्त्र–आधारित अभ्यास, माइन्ड–बडी वेलनेस, व्यक्तिगत र सामूहिक प्रशिक्षण, मानसिक स्वास्थ्य कार्यशालाहरू प्रदान गरिनेछ।
  • यस विस्तारले लुम्बिनी प्रदेश र आसपासका क्षेत्रका बासिन्दालाई वैज्ञानिक आधारमा सुरक्षित र पहुँचयोग्य वैकल्पिक उपचार विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपालमा मानसिक स्वास्थ्य, हिप्नोथेरापी (सम्मोहन विद्या) तथा वैकल्पिक उपचार क्षेत्रमा सक्रिय वेलनेस केन्द्र ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवल उपमहानगरपालिकाको मिलनचोकमा सञ्चालनमा आएको छ ।

हिप्नोथेरापिस्ट, ऊर्जा उपचारकर्ता तथा मनोसामाजिक परामर्शदाताका रूपमा परिचित आयुष चन्द्र रेग्मीद्वारा सञ्चालित उक्त केन्द्रले मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न प्राचीन पूर्वीय उपचार पद्धति र आधुनिक वैज्ञानिक विधिको संयोजनमार्फत सेवा प्रदान गर्ने जनाएको छ ।

वैकल्पिक उपचार क्षेत्रमा चार हजारभन्दा बढी सफल केसमा काम गरिसकेको केन्द्रका संस्थापक रेग्मी यस शाखाले लुम्बिनी प्रदेशका सेवाग्राहीका लागि उपचार पहुँच विस्तारमा मद्दत गर्नेमा विश्वस्त छन् ।

‘तनाव, आत्मविश्वासको कमी, भावनात्मक असन्तुलन, फोबिया, ट्रमा, सम्बन्धका चुनौती तथा जीवनशैलीसम्बन्धी समस्याहरू समाधानमा राम्रो सफलता प्राप्त गरेका छौँ,’ रेग्मीले भने, ‘यस शाखामार्फत मानसिक स्वास्थ्य सेवालाई अझ पहुँचयोग्य, सुरक्षित र वैज्ञानिक आधारमा उपलब्ध गराउनु हाम्रो उद्देश्य हो ।’

उनका अनुसार केन्द्रमा गेन्डम, मन्त्र, सम्मोहन विद्या, तन्त्र विद्या, महाविद्या साधना, भैरव साधनाजस्ता विधाहरू पनि सिकाइने छन् ।

नयाँ शाखाबाट हिप्नोथेरापी, ऊर्जा–हीलिङ, तन्त्र–आधारित अभ्यास, माइन्ड–बडी वेलनेस तथा समग्र मानसिक स्वास्थ्य सेवा प्रदान गरिने केन्द्रले जनाएको छ । यहाँ व्यक्तिगत उपचार सत्र, हिप्नोथेरापी र रिग्रेसन थेरापी, ऊर्जा उपचार र चक्र व्यवस्थापन, सामूहिक प्रशिक्षण तथा माइन्ड ट्रेनिङ क्लास, मानसिक र भावनात्मक स्वास्थ्यसम्बन्धी विशेष कार्यशालाहरू सञ्चालन गरिनेछ ।

नेपालमा मानसिक स्वास्थ्यप्रति चेतना बढिरहेको अवस्थामा, बुटवलमा शाखा विस्तारले लुम्बिनी प्रदेश र आसपासका क्षेत्रका बासिन्दालाई वैकल्पिक उपचारको नयाँ विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ । केन्द्रको मुख्य कार्यालय काठमाडौंको धुम्बारहीमा रहेको छ । देशबाहिर अष्ट्रेलिया , युनाइटेड किंगडमसंयुक्त राज्य अमेरिकामा शाखा सञ्चालनमा छन् ।

यो समाचारमा

युनाइटेड किंगडमनेपालबुटवल उपमहानगरपालिकाअष्ट्रेलिया
लुम्बिनी प्रदेश6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...