विश्वमा हाई अल्टिच्यूड क्रिक्रेट चिनाउन अर्जुनचौपारी र अपिहिमाल गाउँपालिकाबीच सम्झौता

Author

सजिलो पत्रिका

२०८२ मंसिर १९, शुक्रबार

23
Share
Featured
  • स्याङ्जा–अर्जुनचौपारी र दार्चुला–अपिहिमाल गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्दै आपसी सहकार्यसम्बन्धी सम्झौता भएको छ।
  • सम्झौतामा पर्यटन, संस्कृति, धार्मिक सम्पदा संरक्षण, सामाजिक सेवा, युवा–महिला सशक्तिकरण, आर्थिक विकास, कृषि उत्पादन, व्यापार र रोजगारी सिर्जना जस्ता विषयमा सहकार्य समावेश छ।
  • दुबै पालिकाले संयोजकसहित समन्वय समिति गठन गरी सूचना आदानप्रदान, प्राविधिक सहयोग, तालिम र सुविधा विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवद्र्धन गर्ने व्यवस्था तय गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


स्याङग्जामा रहेको अर्जुनचौपारी गाउँपालिकादार्चुलामा रहेको अपि हिमाल गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापना तथा आपसी सहकार्यसम्बन्धी सम्झौता भएको छ । 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी र अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले सम्झौतापत्रमा हस्ताक्षर गरे । 

सम्झौता अनुसार अर्जुनचौपारी गाउँपालिकामा १९ सय मिटर (हाई अल्टिच्यूड) को उचाइमा क्रिकेट रङ्गशाला सहित विविध पर्यटन, सांस्कृतिक र धार्मिक सम्पदाको संरक्षण, प्रवद्र्धन र सामाजिक सेवामा साझा पहल र अनुभव आदानप्रदान, युवा, महिला तथा समुदायलाई सशक्त बनाउने लगायतका बिषयमा सम्झौता भएको अपिहिमाल गाउँपालिका अध्यक्ष बोहराले जानकारी दिए ।

निर्माणाधिन क्रिक्रेट रंगशाला सोही पालिकामा जन्मथलो भएका चर्चित क्रिक्रेटर सन्दीप लामिछानेको सम्मानमा पालिकाले  निर्माण गरिरहेको र उक्त क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन गरी विश्वमाझ अर्जुनचौपारी चिनाउने तयारी गरिरहेको तिवारीले बताए ।

यस्तै आर्थिक विकास, कृषि उत्पादन, व्यापार र स्थानीय रोजगारी सिर्जना, दीर्घकालीन सांस्कृतिक, सामाजिक र मैत्रीपूर्ण सम्बन्ध सुदृढ बनाउने सम्झौतामा उल्लेख छन् । सहकार्यका लागि दुबै पालिकाबाट संयोजकसहित भगिनी सम्बन्ध समन्वय समिति गठन गर्ने, वेबसाइट, सूचना प्रणाली, रिपोर्ट मार्फत नियमित जानकारी आदानप्रदान र श्रोत साधनको परिचालनका साथै प्राविधिक सहयोग गरिने अपिहिमाल गाउँपालिका अध्यक्ष बोहराले जानकारी दिए । 

सम्झौतामा पर्यटन, संस्कृति र धार्मिक सम्पदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रबद्र्वनका लागि समेत सहकार्य गरिने छ । जसअन्तर्गत अर्जुनचौपारीमा रहेको नेपालकै पहिलो नवग्रह मन्दिर र अपिहिमाल पालिकामा रहेको अपि हिमालसहित अन्य पर्यटकीय गन्तब्य उच्च हिमाली पर्यटन, साहसिक र ट्रेकिङ मार्गको विकास र सुरक्षा, सांस्कृतिक कार्यक्रम, जात्रा उत्सव, मौलिक परम्पराहरूको संरक्षण, प्रवद्र्धन र पर्यटक सुरक्षाको लागि प्राविधिक तालिम, मार्ग र सुविधा विकासमा सहकार्य गरिने सम्झौता पत्रमा उल्लेख छ । 

नेपाल सरकारको स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहहरूबीच सहकार्य, समन्वय र साझेदारीलाई प्रोत्साहन गर्ने व्यवस्था गरेअनुरुप आफूहरुले यस्तो सम्झौता गरेको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष तिवारीले बताए ।

यो समाचारमा

स्याङग्जाकाठमाडौँअपि हिमाल गाउँपालिकादार्चुला
अर्जुनचौपारी गाउँपालिका7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सरकारले दियो सांसदलाई स्वकीय सचिव राख्न पाउने सुविधा

    काठमाडौं । सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ ।हालै बसेको मन्त्रिपरिषदको बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युँताउने निर्णय गरेको हो ।यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा

    Data is loading...

    Loading brands...

    Loading footer...