‘जेरी अन टप’ मलेसियामा डिसेम्बर १३ देखि प्रदर्शन हुने

Author

सजिलो पत्रिका

२०८२ मंसिर १९, शुक्रबार

24
Share
Featured
  • घरेलु बक्स अफिसमा १२ करोडभन्दा बढी कमाइ गरेको ‘जेरी अन टप’ डिसेम्बर १३ देखि मलेसियाका प्रमुख शहरमा पनि प्रदर्शन हुँदैछ।
  • मलेसियामा करिब पाँच लाख नेपाली रहेका भएकाले उनीहरूको समयअनुसार शो तालिका मिलाइने बताइएको छ।
  • अनमोल केसीकै करियरको सर्वाधिक कमाइ गर्ने मानिएको फिल्म अन्तर्राष्ट्रिय बजार—युरोप, मध्यपूर्व, युके, दक्षिण कोरिया, थाइल्यान्ड लगायत—मा पनि विस्तार हुँदैछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

घरेलु बक्स अफिसमा १२ करोड रुपैंयाभन्दा बढी कमाइ गर्दै ठूलो व्यापारिक सफलता हासिल गरेको फिल्म ‘जेरी अन टप’ अब मलेसियामा पनि प्रदर्शन हुने भएको छ । 

फिल्म डिसेम्बर १३ (शनीवार) देखि मलेसियाका प्रमुख शहरका हलहरूमा रिलिज हुने निर्माण पक्षले जानकारी दिएको । मलेसियामा व्यवसाय गर्दै आएका तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) एशिया–प्यासिफिक संयोजक हरि भट्टराईले फिल्मको मलेसिया प्रदर्शन अधिकार खरिद गरेका हुन् । 

उनका अनुसार मलेसियामा करिब पाँच लाख नेपाली कार्यरत भएकाले उनीहरूको सुविधालाई ध्यानमा राख्दै शो तालिका तय गरिएको छ ।

भट्टराईका अनुसार, ‘मलेसियामा धेरै नेपाली श्रमिक दिनभर काममा व्यस्त हुने भएकाले उनीहरूका लागि चलचित्र मज्जाले मनोरञ्जन र तनाव न्यूनीकरण गर्ने माध्यम बन्न सक्छ। तलब आउने समय नजिकिएकाले रिलिज पनि सोही हिसाबले मिलाइएको हो ।’

नेपाल, अष्ट्रेलियासंयुक्त राज्य अमेरिकामा एकै साथ रिलिज भएको फिल्म अहिले यूरोप तथा मध्यपूर्वका विभिन्न सहरमा प्रदर्शन भइरहेका छन् । साथै, युके, दक्षिण कोरिया र थाइल्यान्डमा पनि रिलिज प्रक्रिया अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ ।

अनमोल केसीको करियरकै सर्वाधिक कमाइ गर्ने फिल्म मानिएको ‘जेरी अन टप’ अन्तर्राष्ट्रिय बजारमा पनि उत्तिकै रुचाइँदै आएको छ । सुयोग गुरुङको निर्देशन तथा अनन्या फिल्म्सको ब्यानरमा बनेको फिल्ममा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार प्रसाद घिमिरे, उषा खड्गी, सुरक्षा पन्तलगायत कलाकारको अभिनय रहेको छ ।

यो समाचारमा

केदार प्रसाद घिमिरेनेपालभुवन केसीसुरक्षा पन्त
अनमोल केसी10 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

    लन्डन । बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ ।  बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए ।त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण

    Data is loading...

    Loading brands...

    Loading footer...