ललितपुर महानगरपालिकाले जनतामाझ जनविश्वास कमाइरहेको छ : मेयर महर्जन

Author

सजिलो पत्रिका

२०८२ मंसिर १९, शुक्रबार

13
Share
Featured
  • ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले महानगरप्रति जनविश्वास बढ्दै गएको र कामको मूल्यांकन जनताले नै गरिरहेको बताएका छन्।
  • स्वास्थ्य क्षेत्रमा पेशागत विज्ञता कम भए पनि जनताका सुझाव गम्भीर रूपमा कार्यान्वयन गरेकाले सकारात्मक छवि बनेको उनले बताए।
  • महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकाको प्रशंसा गर्दै, उनीहरूको सक्रियताले समुदायमा स्वास्थ्य सेवा सहज बनेको उल्लेख गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


ललितपुर महानगरपालिकाका प्रमुख चिरि बाबु महर्जनले ललितपुर महानगरपालिकाले जनतामाझ जनविश्वास कमाइरहेको बताएका छन् ।

विश्व स्वयंसेवक दिवस तथा २२ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महर्जनले महानगरपालिकाको कामको मूल्यांकन स्वयं नगरपालिकाले नभई जनताले नै गरिरहेको बताएका हुन् ।

उनले भने, ‘देशभर रहेका ७५३ स्थानीय तहमध्ये २९३ नगरपालिका छन् । ती सबै नगरपालिका मध्ये ललितपुर महानगरपालिकालाई जनताले सकारात्मक ढंगले काम गर्ने पालिका भनेर चिनिन्छ ।’

स्वास्थ्य क्षेत्रमा गरिएका कार्यको प्रशंसासमेत महर्जनले जनताबाटै प्राप्त भएको बताए । ‘हामीसँग स्वास्थ्य क्षेत्रमा धेरै विज्ञता नभए पनि जनताले दिएको सुझावलाई गम्भीरतापूर्वक लिएर कार्यान्वयन गर्ने गरेकोले महानगरपालिका यस क्षेत्रमा पनि चिनिएको हो,’ उनले भने ।

कार्यक्रममा महर्जनले समुदायमा सक्रिय महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकाको प्रशंसा गर्दै उनीहरूकै मेहनतका कारण स्वास्थ्य सेवामा सहजता आएको बताए  ।

यो समाचारमा

काठमाडौँचिरि बाबु महर्जनललितपुर महानगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    धनुषामा ट्राफिक कारबाहीबाट १ करोड १४ लाख राजस्व संकलन

    काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष २०८२÷८३ मा रु एक करोड १४ लाख नौ हजार ५०१ राजस्व सङ्कलन गरेको छ । प्रमुख प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालले  आव २०८२÷८३ मा ट्राफिक नियम उल्लङ्घन गर्नेहरुबाट १२ हजार ६०३ सवारीसाधनमाथि कारबाही गर्दा रु एक करोड १४ लाख नौ हजार

    Data is loading...

    Loading brands...

    Loading footer...