विश्वविद्यालयको उपकुलपतिमा कसैले दिएनन् दरखास्त, मन्त्री पुनले गरे सार्वजनिक आह्वान

Author

सजिलो पत्रिका

२०८२ मंसिर १९, शुक्रबार

19
Share
Featured
  • सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति पदका लागि दुई पटक आवेदन मागँदा पनि एक जनाले पनि दरखास्त नदिएपछि पद रिक्त छ।
  • मन्त्री महावीर पुनले योग्य चिकित्सक–शैक्षिक व्यक्तिहरूलाई सार्वजनिक रूपमा आवेदन दिन वा आफैँलाई सम्पर्क गर्न आह्वान गरेका छन्।
  • नयाँ विश्वविद्यालय ऐन प्रमाणीकरण भइसकेपछि विश्वविद्यालय स्थापना प्रक्रिया अघि बढेको तर उपकुलपति नियुक्ति अझै हुन नसकेको स्थिति छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदका लागि दुई पटकसम्म आवेदन माग गर्दा पनि एक जनाको पनि दरखास्त परेको छैन। उपकुलपतिका लागि योग्य उम्मेदवार नभेटिएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सार्वजनिक रूपमै योग्य व्यक्तिलाई आवेदन दिन वा सिधै आफूलाई सम्पर्क गर्न आह्वान गरेका छन्।

उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले पहिलो पटक कात्तिक १६ देखि ३० गतेसम्म र पछि समय थप गरी मंसिर ५ गतेसम्म दरखास्त आह्वान गरेको थियो। तर, दुवै पटकको सूचनामा कुनै पनि उम्मेदवारले निवेदन नदिएको मन्त्रालयले जनाएको छ।

पद रिक्त भएपछि मन्त्री पुनले आज एक सार्वजनिक आह्वान जारी गरेका छन्। उनले भनेका छन्, "उपकुलपति पदको दुई पटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेन। त्यसैले मातृभूमिलाई सेवा गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा प्राध्यापक तथा विद्यावारिधी भई काम गरेको नेपाल आमाको कोही इच्छुक देशभक्त सन्तान कृपया निवेदन दिनुहोस्। वा मलाई नै सम्पर्क गर्नुहोस्।"

सङ्घीय संसदबाट पारित ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२’ गत असार ४ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएसँगै विश्वविद्यालय स्थापनाको बाटो खुलेको थियो।

यो समाचारमा

काठमाडौँमहावीर पुनरामचन्द्र पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले

    Data is loading...

    Loading brands...

    Loading footer...