एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै

Author

सजिलो पत्रिका

२०८२ मंसिर १९, शुक्रबार

15
Share
Featured
  • एनपीएलको दोस्रो संस्करण अन्तर्गत आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स बीच अपराह्न ४ बजे त्रिवि मैदानमा खेल हुँदैछ।
  • लुम्बिनी ६ अंकसहित तालिकाको चौथो स्थानमा छ भने जनकपुर पाँच खेलबाट २ अंकसहित पुछारमा छ।
  • लुम्बिनी आज जिते सीधे प्लेअफमा पस्नेछ, जनकपुर जिते भने अन्य खेल र रनरेटका आधारमा निर्णय हुनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार एउटा खेल हुँदैछ। त्रिवि क्रिकेट मैदानमा रोहित पौडेलको कप्तानीको लुम्बिनी लायन्स र आशिफ शेख मार्की एवं अनिल शाह कप्तान रहेको जनकपुर बोल्ट्सले अपराह्न ४ बजे प्रतिस्पर्धा गर्नेछन् ।

तालिकाको चौथो स्थानमा रहेको लुम्बिनी र पुछारमा रहेको जनकपुर दुवै टिम प्लेअफको दौडमा छन् । लुम्बिनी ६ खेल खेल्दा ६ अंकसहित तालिकाको चौथो स्थानमा छ भने पाँच खेल मात्र खेलेको जनकपुरले दुई अंक मात्र जोडेको छ ।

आजको खेल जितेमा लुम्बिनी प्लेअफ पुग्ने अन्तिम टिम बन्नेछ । जनकपुर विजयी भएमा यो निर्णयका लागि अन्य खेल र रनरेट हेर्नुपर्ने हुन्छ । यसअघि नै सुदूरपश्चिम, काठमाण्डु र विराटनगर प्लेअफमा प्रवेश गरिसकेका छन् ।

यो समाचारमा

रोहित पौडेलक्रिकेटकाठमाडौँनेपाल प्रिमियर लिग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...