रौतहटमा जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ मंसिर १८, बिहिबार

18
Share
Featured
  • रौतहटमा जेन–जी आन्दोलनका क्रममा सरकारी संरचनामा तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
  • पक्राउ पर्नेहरू चन्द्रपुरका ३२ वर्षीय दीपक बस्नेत र ४३ वर्षीय हरिनारायण चौधरी हुन्, जसलाई चन्द्रनीगाहपुरस्थित प्रहरी टोलीले पक्राउ गरेको हो।
  • उनीहरूमाथि आपराधिक उपद्रवको मुद्दा दर्ता गरि रौतहट जिल्ला अदालतबाट म्याद थप गर्दै थप अनुसन्धान चलाइरहेको प्रहरीले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

रौतहटमा जेन–जी आन्दोलनका क्रममा सरकारी तथा सार्वजनिक संरचनामा गरिएको तोडफोड आगजनीमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भदौ २३ र २४ गते जेन–जी पुस्ताको आन्दोलन उग्र बन्दै गएपछि इलाका प्रहरी कार्यालय चन्द्रपुर तथा त्यहाँ पार्क गरिएका सवारीसाधनहरूमा व्यापक क्षति पुर्याइएको थियो । सोही घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई बुधबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ पर्नेहरूमा जिल्लाकै चन्द्रपुर नगरपालिका – ४ का ३२ वर्षीय दीपक बस्नेत र वडा – ८ का ४३ वर्षीय हरिनारायण चौधरी रहेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय चन्द्रनीगाहपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनामाथि आपराधिक उपद्रवको मुद्दा दर्ता गरिएको र रौतहट जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको प्रवक्ता बस्यालले बताए ।

यो समाचारमा

रौतहटचन्द्रपुर नगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले 'नेपालपे कार्ड' को इस्युइङ र अक्वायरिङ सेवा सुरु गरेको छ। यससँगै बैंकका ग्राहकले अब नेपालपे कार्ड प्राप्त गर्न सक्नेछन् भने बैंकका देशभर रहेका ६६ वटा एटीएमबाट नेपालपे र डिस्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डहरू (रुपेसहित) मार्फत कारोबार गर्न सकिनेछ।नेपाल

    Data is loading...

    Loading brands...

    Loading footer...