‘क्याराभान’का निर्देशक एरिकले सुनाए फिल्म निर्माणका अनुभव

Author

सजिलो पत्रिका

२०८२ मंसिर १८, बिहिबार

20
Share
Featured
  • ‘क्याराभान’का निर्देशक तथा फ्रान्सेली फोटोग्राफर एरिक भ्यालीले त्रिभुवन विश्वविद्यालयमा आयोजित अन्तरक्रियामा नेपालमा बिताएका अनुभव र क्याराभान फिल्मका कथा साझा गरे।
  • उनले प्राकृतिक सौन्दर्य, अरुण उपत्यका र डोल्पोमा खिचिएका आफ्ना फोटोग्राफका पृष्ठभूमि तथा अरूले नचालेका मार्ग रोज्ने आफ्ना कार्यशैलीबारे बताउँदै विद्यार्थीहरूसँग ३.५ घण्टासम्म संवाद गरे।
  • २०५६ सालको ‘क्याराभान’ ओस्करमा सूचीकृत पहिलो नेपाली फिल्म हो, जसले डोल्पो र कर्णाली क्षेत्रको जीवन, संस्कृत र चुनौतीहरूलाई विश्वसामु प्रस्तुत गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

चलचित्र ‘क्याराभान’का निर्देशक एवम प्रसिद्ध फ्रान्सेली फोटोग्राफर एरिक भ्यालीले नेपालमा बिताएका आफ्ना अनुभवहरुका बारेमा काठमाडौंमा अन्तरक्रिया गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय सेन्ट्रल डिपार्टमेन्ट अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनमा मंगलबार आयोजना गरिएको अन्तरक्रियामा उनले आफ्ना अनुभवहरु साटेका थिए ।

कार्यक्रममा बोल्दै उनले आफूले सधैं अरूले नचालेका मार्गहरू रोज्दै आएको बताए । कार्यक्रममा उनले सेन्ट्रल डिपार्टमेन्ट अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन र सेन्ट्रल डिपार्टमेन्ट अफ इंग्लिसका फोटोग्राफर, अध्येता तथा एमफिल–पीएचडी विद्यार्थीहरूलाई सम्बोधन गर्दै क्याराभान फिल्म तथा त्यससँग सम्बन्धित अनुभवहरूको कथा सुनाएका थिए ।

साढे तीन घण्टाभन्दा बढी चलेको सत्रलाई पत्रकारिता विभागका सहायक प्राध्यापक डा. ऋषिकेश दाहालले संयोजन गरेका थिए । कार्यक्रममा भ्यालीले नेपालमा बिताएका प्रारम्भिक दिनहरू, यहाँका प्राकृतिक सौन्दर्य तथा अरुण उपत्यका र डोल्पो क्षेत्रमा खिचिएका आफ्ना प्रसिद्ध फोटोग्राफहरूको पृष्ठभूमिबारे चर्चा गरे । सहभागीहरूले प्रश्न–उत्तर सत्रमा उत्साहपूर्वक सहभागी हुँदै भ्यालीका अनुभव र दृष्टिकोणबारे बुझ्ने अवसर पाएका छन् ।

२०५६ सालमा बनेको ‘क्याराभान’ ओस्करमा पुग्ने पहिलो नेपाली फिल्म हो । हिमाली जिल्ला डोल्पाको जनजीवन तथा रहनसहन देखाइएको छ । 

फिल्म ओस्करको ७२औँ संस्करणमा सूचीकृत भएको थियो । भ्यालीको यो चलचित्रले डोल्पा जिल्ला मात्रै होइन मानव विकासको पुछारमा रहेको सिंगो कर्णालीको कथा बोलेको छ । 

यो समाचारमा

त्रिभुवन विश्वविद्यालयनेपालकाठमाडौँडोल्पा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

    लन्डन । बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ ।  बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए ।त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण

    Data is loading...

    Loading brands...

    Loading footer...