पोखराविरुद्ध काठमाडौंले पहिला ब्याटिङ गर्दै

Author

सजिलो पत्रिका

२०८२ मंसिर १८, बिहिबार

13
Share
Featured
  • एनपीएल सिजन–२ को खेलमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौं गोर्खाजले पहिले ब्याटिङ गर्दै छन्।
  • काठमाडौंको आज लिग चरणको अन्तिम खेल हो—६ मध्ये ४ खेल जितिसकेको छ। आज जिते शीर्ष २ पुग्ने र क्वालिफायर–१ मा पुग्ने सम्भावना बलियो।
  • पोखरालाई टप–४ प्रवेशका लागि आजको खेल अनिवार्य जित्नुपर्ने स्थिति छ—५ खेलमा २ जित, ३ हार।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल प्रिमियर लिग(एनपीएल) सिजन–२ मा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

टीयू क्रिकेट मैदानमा काठमाडौंविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

काठमाडौंको लिग चरणमा आज यो अन्तिम खेल हो । टोलीले ६ मध्येको ४ खेल जितेको छ । पोखरालाई पराजित गरेमा काठमाडौंको शीर्ष २ मा पर्दै क्वालिफायर–१ खेल्ने सम्भावना बलियो हुनेछ । 

पोखरालाई शीर्ष चारमा पर्न यो खेल जित्नै पर्ने दबाब रहेको छ । पोखराले ५ खेलमा २ जित र ३ हारको स्थितिमा रहेको छ ।

यो समाचारमा

कुशल भुर्तेलकाठमाडौँनेपाल प्रिमियर लिग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...