एनपीएलः आज काठमाडौँ र पोखरा, सुदूरपश्चिम र चितवन भिड्दै

Author

सजिलो पत्रिका

२०८२ मंसिर १८, बिहिबार

25
Share
Featured
  • एनपीएल दोस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन्—पहिलो पोखरा एभेन्जर्स vs काठमाडौँ गोर्खाज (११:४५ बजे) र दोस्रो सुदूरपश्चिम रोयल्स vs चितवन राइनोज (४ बजे)।
  • पोखरा र चितवन दुवैका लागि प्लेअफको सम्भावना जोगाउन जित अनिवार्य छ; पोखरा ५ खेलमा ४ अंकमा छ भने चितवन पनि ५ खेलमा ४ अंककै अवस्थामा छ।
  • काठमाडौँ ६ खेलमा ८ अंकसहित बलियो स्थितिमा छ भने सुदूरपश्चिम १० अंकसहित शीर्ष स्थानमा रहँदै प्लेअफ सुरक्षित गरिसकेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछ। 

पहिलो खेल ११ः ४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज हुनेछ। यस्तै प्लेअफमा पुगिसकेको सुदूरपश्चिम  रोयल्स र प्लेअफको बाटोमा रहेको चितवन राइनोज अपराह्न ४ बजे आमनेसामने हुनेछन् ।

पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। काठमाडौँले ६ खेलबाट आठ अङ्क जोडेको छ । 

सुदूरपश्चिम १० अङ्कका साथ शीर्ष स्थानमा छ। पाँच खेलबाट चार अङ्क जोडेको चितवनलाई प्लेअफका लागि जित्नैपर्ने बाध्यता छ । 

यो समाचारमा

नेपाल प्रिमियर लिगक्रिकेटकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...