गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

Author

सजिलो पत्रिका

२०८२ मंसिर १७, बुधबार

23
Share
Featured
  • प्रभु मनि ट्रान्सफर रकम हिनामिनासम्बन्धी अनुसन्धानमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई बैंकिङ कसुर तथा सजाय ऐन अन्तर्गत पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको छ।\
  • अनुसन्धानमा प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचन, सहायक सिइओ मनिराम पोखरेल र प्रमुख जोखिम अधिकृत रिवास श्रेष्ठ पनि संलग्न भेटिएका छन्; पूर्वअध्यक्ष देवी प्रकाश भट्टचन स्वास्थ्य कारण देखाउँदै हाजिरी जमानीमा छाडिएका छन्।
  • अनुसन्धानले ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐनअनुसार रकम दुरुपयोग गर्न विभिन्न कम्पनीमार्फत करोडौं कर्जा प्रवाह गरिएको पत्ता लागेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रभु मनि ट्रान्सफरको रकम हिनामिना भएको विषयमा अनुसन्धान गरिरहेको प्रहरीले गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पनि पक्राउ गरेको छ । 

रेमिट्यान्सको रकम दुरुपयोगलाई ढाकछोप गर्न प्रभु बैंकबाट करोडौं कर्जा प्रवाह गरी दुरुपयोग गरेको भेटिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले शाक्यलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिए । यसका लागि उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिइएको सीआईबीले जनाएको छ ।

प्रहरीले अनुसन्धानको सिलसिलामा संकलन भएका विवरण तथा तथ्यहरुको विज्ञ टोलीसमेतले अध्ययन विश्लेषण गर्ने क्रममा प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचनसमेतले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानूनबिपरीत कार्य गरी प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुरÞ्याएको पाइएको छ । यसअघि गत आईतबार प्रहरीले सिइओ शेरचन, सहायक सिइओ मनिराम पोखरेल र प्रमु्ख जोखिम अधिकृत रिवास श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । 

यसअघि सिइआईबीले प्रभु बैंकका पूर्वअध्यक्ष देवी प्रकाश भट्टचनलाई पक्राउ गरेको थियो । तर, उनले स्वास्थ्यको कारण देखाएपछि सरकारी वकिलको अनुरोधमा प्रहरीले हाजिरी जमानीमा छाडेको छ । 

प्रभु मनी ट्रान्सफरको रकम अनियमितता गरेको भन्दै अध्यक्ष कुसुम लामाले भट्टचन विरुद्ध ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत मुद्दामा अनुसन्धान अघि बढाएको हो । सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौँ रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गर्ने÷गराउने कसुरमा संलग्न रहेका व्यक्तिहरुलाई अनुसन्धानको दायरामा ल्याइएको प्रहरीले जनाएको छ ।

यो समाचारमा

प्रभु बैंककाठमाडौँगुण एयरलाइन्सनेपाल राष्ट्र बैंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...