कालोसूचीबारे चिन्ता, तर योजनाको काम रोकिँदैन : अर्थमन्त्री खनाल

Author

सजिलो पत्रिका

२०८२ मंसिर १७, बुधबार

12
Share
Featured
  • अर्थमन्त्री खनालले ०८२/०८३ को बजेट कार्यान्वयन, ठेक्का प्रक्रिया र तरलता समस्याबारे समितिमा जानकारी दिँदै टेण्डर भइसकेका र काम सुरु भइसकेका परियोजनाहरू रोकिँदैनन् भने।
  • ब्याज अनुदान भुक्तानी नहुँदा करिब १० अर्ब रुपैयाँ बाँकी रहेकाले ग्रामीण तथा प्राथमिक क्षेत्रमा कर्जा प्रभावित भएको तर हाल सरकारले १० अर्ब अनुदान भुक्तानी गरी कर्जा विस्तार सहज बनाएको उनले बताए।
  • आफू राजनीतिक पृष्ठभूमिबाट नभएकाले नीतिगत निरन्तरतामा जोड दिएको भन्दै विपन्न र प्राथमिक क्षेत्रका कर्जा रोक्न नदिने प्रतिबद्धता अर्थमन्त्रीले व्यक्त गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बुधबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष ०८२÷०८३ को बजेट तथा कार्यक्रमको कार्यान्वयन अवस्थाबारे विस्तृत छलफल भएको छ । 

बैठकमा अर्थमन्त्री रामेश्वर खनालले बजेट कार्यान्वयन, ठेक्का प्रक्रिया, तरलता समस्या तथा ब्याज अनुदानका विषयमा आफ्नो धारणा प्रस्तुत गरे ।

अर्थमन्त्री खनालले टेण्डर सकिएको र ठेकेदार छनोट भई काम सुरु भइसकेका परियोजनाहरू रोकिने नीतिगत आधार नरहेको स्पष्ट पारे । उनले धेरै कम्पनीहरू कालोसूचीमा पर्नु चिन्ताको विषय भए पनि चलिरहेको काम रोक्न नसकिने बताए ।

उनले भने, ‘टेण्डर भैइसकेका र टेण्डर भएर ठेकेदार सेलेक्सन भैइसकेपछि काम प्रारम्भ भैइसकेको छ भनिसकेपछि त्यो कुराहरु रोकिने छैनन् । धेरै कम्पनीहरु कालो सूचिमा पर्नु चिन्ताको विषय पनि हो ।’

तरलता अभावका कारण ग्रामीण तथा प्राथमिक क्षेत्रमा जाने कर्जा प्रभावित भएको उल्लेख गर्दै अर्थमन्त्री खनालले विगतमा सरकारले ब्याज अनुदानको भुक्तानी नगरेका कारण करिब १० अर्ब रुपैयाँ बाँकी रहेको जानकारी दिए । यसकै कारण बैंक तथा वित्तीय संस्थाहरूले नयाँ लगानी रोक्दै बसेको अवस्थामा आफू जिम्मेवारीमा आएपछि समस्या समाधानतर्फ लागेको बताए ।

उनका अनुसार वित्तीय क्षेत्रमा कर्जा विस्तार सहज बनाउन सरकारले बैंक तथा वित्तीय संस्थाहरूलाई १० अर्ब रुपैयाँ ब्याज अनुदान भुक्तानी गरिसकेको छ । ‘विपन्न वर्ग र प्राथमिक क्षेत्रमा प्रभावकारी रूपमा जाने कर्जा रोकिँदैन । त्यसका लागि आवश्यक अनुदान उपलब्ध गराइएको छ ।’ मन्त्री खनालले भने ।

अर्थमन्त्री खनालले आफू राजनीतिक पृष्ठभूमिबाट नभई आवश्यकताले अर्थमन्त्रालयको नेतृत्वमा आएका कारण पनि नीतिगत निरन्तरतामा जोड दिएको बताए ।

उनले भने, ‘म यो जिम्मेवारीमा आइसके पछाडि एउटा आवश्यकताको हिसावले म यो ठाउँमा आइपुगे तर म राजनीति व्यक्ति थिएन । बैंक तथा वित्तिय संस्थाहरुले विपन्न वर्गलाई प्राथमिक प्रभावकारी क्षेत्रमा जाने कर्जा नै रोकिने गरी अनुदान किन रोक्ने हो र भनेर १० अर्ब अनुदान हामीले दियौं बैंकका वित्तिय संस्थाहरुलाई ।’

यो समाचारमा

काठमाडौँरामेश्वर खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...