सय किलो भन्दा बढी गाँजासहित दुई पक्राउ

Author

सजिलो पत्रिका

२०८२ मंसिर १६, मङ्गलबार

18
Share
Featured
  • पर्सा प्रहरीले मनवाबाट रंगपुर जाँदै गरेको कारबाट १० पोकामा लुकाइ राखिएको १०४ किलो गाँजा बरामद गरेको छ।
  • मकवानपुरका ३२ वर्षीय भिम स्याङ्तान र ३८ वर्षीय कुमार स्याङ्तानलाई पक्राउ गरिएको छ।
  • पक्राउ परेका व्यक्तिहरू कारसहित नियन्त्रणमा राखेर लागुऔषधसम्बन्धी थप अनुसन्धान जारी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रहरीले एकसय किलो भन्दा बढी लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । गाँजा ओसार–पसार भइरहेको सूचनाका आधारमा प्रहरीले सवारी साधन तथा पैदल यात्रुहरूलाई चेक गर्ने क्रममा कारबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको हो । 

मनवाबाट रंगपुरतर्फ जाँदै गरेको बा.अ.ब ९३९८ नम्बरको कार रोकी खानतलासी गर्दा कारबाट १० वटा पोकामा लुकाइ राखिएको १ सय ४ किलो गाँजा बरामद गरिएको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी राजु कार्कीले जानकारी दिए ।

 उनका अनुसार मकवानपुर भिमफेदी गाउँपालिका–८ का ३२ वर्षीय भिम स्याङ्तान र मकवानपुर मकवानपुरगढी गाउँपालिका–१ आपटारका ३८ वर्षीय कुमार स्याङ्तानलाई पक्राउ गरिएको छ ।

गाँजा तस्करीमा प्रयोग गरिएको कार सहित उनीहरुलाई पक्राउ गरिएको उनले जानकारी दिए । 

उनीहरूलाई कार तथा गाँजासहित नियन्त्रणमा लिई लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।

यो समाचारमा

मकवानपुरगढी गाउँपालिकाभिमफेदी गाउँपालिकामकवानपुरकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग प्रधानमन्त्री शाहले छलफल गर्दै

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज पुँजी बजार, धितोपत्र व्यवसाय र बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दैछन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मध्याह्न १२ बजे यो छलफल सुरु हुनेछ।बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेप्सेका अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष सागर ढकाल, नासा

    Data is loading...

    Loading brands...

    Loading footer...