वीरगन्जबाट १० केजी चरेस सहित एक जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ मंसिर १६, मङ्गलबार

15
Share
Featured
  • पर्सा प्रहरीले वीरगन्ज–१५ प्रतिमा चोकमा पैदल हिँडिरहेका ४८ वर्षीय सम्सुल मियाँलाई चेकजाँचको क्रममा पक्राउ गरेको छ।
  • उनलाई बोकेको प्लास्टिक झोलाबाट १० केजी लागूऔषध चरेस बरामद गरिएको छ।
  • सम्सुल मियाँ विरुद्ध लागूऔषध सम्बन्धी अनुसन्धान जारी छ र उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रहरीले लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा न. १५ प्रतिमा चोकको  सडकमा मंगलबार बिहान  पैदल हिँड्दै गरेको अवस्थामा प्रहरीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो । 

पर्साको धोबिनी गाउंपालिका–५ धोबिनी गाउँ घर भएका ४८ वर्षीय सम्सुल मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए । 

उनका अनुसार मियाँले बोकेको कालो रंगको प्लास्टिकको झोलाबाट लागूऔषध चरेस १० केजी बरामद भएको छ । 

चरेससहित पक्राउ गरिएका मियाँलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर उनी विरुद्ध लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो समाचारमा

धोबिनी गाउंपालिकावीरगञ्ज महानगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...