सिद्धार्थ केवलकार लिमिटेडले आईपीओ निष्कासनका लागि पुस २७ गते साधारण सभा बोलायो

Author

सजिलो पत्रिका

२०८२ मंसिर १६, मङ्गलबार

14
Share
Featured
  • सिद्धार्थ केवलकार लिमिटेडले आगामी पुस २७ गते साधारण सभा आह्वान गरी सर्वसाधारणका लागि आईपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव पारित गर्ने निर्णय गरेको छ।
  • सभामा आईपीओबाट जुट्ने सेयर पूँजीको प्रयोजन निर्धारण र नियामक निर्देशनमा सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ।
  • कम्पनी र यसको सहायक कम्पनीहरूको एकीकृत वित्तीय विवरण पारित गर्दै व्यवसाय विस्तार र परियोजना सुदृढीकरणका लागि पूँजी जुटाउने उद्देश्य राखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सिद्धार्थ केवलकार लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव पारित गर्न आगामी पुस २७ गते साधारण सभा आह्वान गरेको छ । कात्तिक ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौँको तीनकुनेस्थित सिद्धार्थ कटेजमा सभा गर्ने निर्णय गरेको हो ।

सभामा सर्वसाधारणलाई आईपीओ जारी गर्ने, आईपीओबाट जुट्ने सेयर पूँजीको प्रयोजन तोक्ने तथा नियामक निकायले आवश्यक परेमा संशोधन गर्न निर्देशन दिएमा सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरू प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।

त्यसैगरी, कम्पनी तथा यसको सहायक कम्पनीहरू हिलसाइड भिलेज रिसोर्ट, ऋषि कालदेवल पर्यटन कम्पनी र नुवाकोटगढी पर्यटन कम्पनीका वित्तीय विवरणहरू सहितको एकीकृत वित्तीय विवरण समेत सभाले पारित गर्नेछ ।

कम्पनीले आईपीओ निष्कासनको तयारीसँगै व्यवसाय विस्तार तथा परियोजना सुदृढीकरणका लागि पूँजी जुटाउने उद्देश्य राखेको जनाइएको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...