खोटाङमा युवक छिमेकीको घरमा झुन्डिएको अवस्थामा मृत फेला

Author

सजिलो पत्रिका

२०८२ मंसिर १६, मङ्गलबार

12
Share
Featured
  • खोटाङको खोटेहाङ–३, चण्डीथानमा २१ वर्षीय सोनु राई छिमेकीको घरको बरण्डामा मृत अवस्थामा फेला परेका छन्।
  • प्रारम्भिक जानकारीअनुसार शव काठको बलोमा डोरी प्रयोग गरी पासोमा फेला परेको थियो।
  • प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का तयार गरेको र थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

खोटाङको खोटेहाङ गाउँपालिका-३, चण्डीथानमा एक युवक छिमेकीको घरको बरण्डामा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। २१ वर्षीय सोनु राई आज बिहान छिमेकी धनकुमारी राईको घरको बरण्डामा मृत भेटिएका हुन्।

उनले काठको बलोमा नाम्लोको डोरी प्रयोग गरी पासो लगाएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।

घटनाबारे आज बिहान ८ बजे जानकारी पाएलगत्तै प्रहरी चौकी वाप्लुखाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय, खोटाङबजारबाट प्रहरी निरीक्षक ओमप्रकाश यादवको नेतृत्वमा टोली खटिएको छ। घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो समाचारमा

खोटाङखोटेहाङ गाउँपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    झापाको बुद्धशान्तिमा ५ परिवारलाई लालपुर्जा वितरण

    काठमाडौं । झापाको बुद्धशान्ती गाउँपालिकामा अव्यवस्थित बसोबास गर्दै आएका ५ परिवारले जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) प्राप्त गरेका छन् । जिल्ला भूमि समस्या समाधान समिति झापाले ती परिवारलाई लालपुर्जा वितरण गर्दै उनीहरूको लामो समयदेखिको जग्गा स्वामित्वको समस्या समाधानतर्फ अर्को कदम चालेको हो ।समितिका अनुसार वितरण गरिएका जग्गामध्ये केही आवास निर्माणका लागि उपयुक्त

    Data is loading...

    Loading brands...

    Loading footer...