ताप्लेजुङमा तीन दिनदेखि हराएका युवक भिरमा मृत फेला

Author

सजिलो पत्रिका

२०८२ मंसिर १६, मङ्गलबार

16
Share
Featured
  • ताप्लेजुङमा तीन दिनदेखि हराइरहेका २६ वर्षीय मिलन कुमार परा लिम्बुको शव भिरमा मृत अवस्थामा फेला परेको छ।
  • उनी मंसिर १३ गते घरबाट विवाहमा जान्छु भनी निस्केका थिए र खोजी क्रममा करिब १५० मिटर तल सडकबाट भिरमा भेटिएका हुन्।
  • प्रहरी घटनास्थल पुगेर मुचुल्का तयार गरी कानुनी प्रक्रिया अघि बढाएको छ; प्रारम्भिक अनुसन्धानले भिरबाट लडेर मृत्यु भएको अनुमान गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

ताप्लेजुङमा तीन दिनदेखि हराइरहेका एक युवक भिरमा मृत अवस्थामा फेला परेका छन्। विवाहमा जान्छु भनी घरबाट हिँडेका सिरीजङ्घा गाउँपालिका-५ का २६ वर्षीय मिलन कुमार परा लिम्बुको शव आज बिहान फेला परेको हो।

गत मंसिर १३ गते दिउँसो घरबाट निस्किएका लिम्बु सम्पर्कविहीन भएपछि परिवारले खोजी गरिरहेको थियो। खोजी गर्ने क्रममा आज बिहान उनको शव वाईपास्थित सडकबाट करिब १५० मिटर तल भिरमा घोप्टो परेको अवस्थामा भेटिएको थियो।

स्थानीय वडा सदस्यले खबर गरेपछि इलाका प्रहरी कार्यालय, तेल्लोकबाट प्रहरी निरीक्षक आशिष पोख्रेलको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी कानुनी प्रक्रिया अगाडि बढाएको छ। प्रारम्भिक अनुसन्धानमा उनको भिरबाट लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।

यो समाचारमा

काठमाडौँसिरीजङ्घा गाउँपालिकाताप्लेजुङ

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    झापाको बुद्धशान्तिमा ५ परिवारलाई लालपुर्जा वितरण

    काठमाडौं । झापाको बुद्धशान्ती गाउँपालिकामा अव्यवस्थित बसोबास गर्दै आएका ५ परिवारले जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) प्राप्त गरेका छन् । जिल्ला भूमि समस्या समाधान समिति झापाले ती परिवारलाई लालपुर्जा वितरण गर्दै उनीहरूको लामो समयदेखिको जग्गा स्वामित्वको समस्या समाधानतर्फ अर्को कदम चालेको हो ।समितिका अनुसार वितरण गरिएका जग्गामध्ये केही आवास निर्माणका लागि उपयुक्त

    Data is loading...

    Loading brands...

    Loading footer...