मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको परमादेश

Author

सजिलो पत्रिका

२०८२ मंसिर १६, मङ्गलबार

22
Share
Featured
  • सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत लिन परमादेश जारी गर्दै, विश्वासको मत नपाए संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठन प्रक्रिया सुरु गर्न आदेश दिएको छ।
  • अदालतले यादवको नियुक्ति असंवैधानिक ठहर गरेको छ, किनकि उनलाई धारा १६८(३) अनुसार नियुक्त गर्दा धारा १६८(२) को प्रक्रिया पूरा गरिएको थिएन भन्ने तर्क रिटमा राखिएको थियो।
  • अर्जुन साहलगायतले दायर गरेको रिटमा उठेको प्रश्नको आधारमा अदालतले यसअघि नै यादव सरकारलाई दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न अन्तरिम आदेश दिइसकेको थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ। मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भएको ठहर गर्दै अदालतले विश्वासको मत प्राप्त गर्न नसकेमा संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन पनि प्रदेश प्रमुखको नाममा आदेश दिएको छ।

न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले सोमबार उक्त आदेश जारी गरेको हो। आदेशमा भनिएको छ, "आदेश प्राप्त भएको मितिले २४ घण्टाभित्र मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेस गर्नू र विश्वासको मत प्राप्त गर्न नसकेमा संविधानको धारा १६८ (२) बमोजिम सरकार गठनको प्रक्रिया अघि बढाउनू।"

गएको कात्तिक २४ गते नेकपा (एमाले) संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८ (३) अनुसार सबैभन्दा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। उक्त नियुक्ति संविधानको धारा १६८ (२) को प्रक्रिया पूरा नगरी गरिएको भन्दै अर्जुन साह लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए।

रिट निवेदकहरूले मुख्यमन्त्रीको नियुक्ति बदर गरी संवैधानिक प्रक्रियाअनुसार नयाँ सरकार गठनको माग गरेका थिए। यसअघि सर्वोच्चले यही मंसिर २ गते यादव नेतृत्वको सरकारलाई दीर्घकालीन महत्त्वका कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो।

यो समाचारमा

काठमाडौँसरोज कुमार यादवसर्वोच्च अदालतमधेश प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर

    काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार उनलाई दोषी ठहर गर्ने फैसला सुनाएको हो। उनको सजाय भने अर्को पेसीमार्फत निर्धारण गरिने अदालतले जनाएको छ।अहिराजमाथि २०८१ जेठ ४ गते पीडितलाई कोठामा कोही नभएको मौका

    Data is loading...

    Loading brands...

    Loading footer...