कांग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत

Author

सजिलो पत्रिका

२०८२ मंसिर १५, सोमबार

18
Share
Featured
  • नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले १५औँ महाधिवेशन २०८२ पुस २६–२८ गते गर्ने कार्यतालिका सर्वसम्मत रूपमा पारित गरेको छ।
  • बैठकले पार्टी संरचना सुदृढीकरण, क्रियाशील सदस्य वितरण, नवीकरण र नयाँ सदस्यता प्रक्रियासहित महाधिवेशन तयारीका लागि विस्तृत योजना अनुमोदन गरेको छ।
  • कार्यतालिकाअनुसार गाउँ/नगर, प्रदेश र प्रतिनिधिसभा स्तरका अधिवेशन र विदेशस्थित जनसम्पर्क समितिको अधिवेशन मिति अनुसार सम्पन्न गरी महाधिवेशन तयारी पूरा गरिनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १५ औँ महाधिवेशनका लागि आवश्यक कार्यतालिका सर्वसम्मत रूपमा पारित गरेको छ । बैठकपछि पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिँदै महाधिवेशन आगामी २०८२ पुस २६, २७ र २८ गते गर्ने निर्णय भएको बताए ।

उनका अनुसार बैठकले पार्टी संरचना सुदृढिकरण तथा महाधिवेशन तयारीका विषयमा विस्तृत छलफल गरेको थियो । महतले भने, ‘बैठकले लामो छलफलपछि १५ औँ महाधिवेशनका सन्दर्भमा महत्वपूर्ण निर्णयहरू गरेको छ । कांग्रेसको १५ औँ महाधिवेशन २०८२ पुस २६,२७ र २८ गते हुने गरि प्रस्तावित कार्यतालिका केन्द्रीय समितिमा पेस गरिएको थियो र त्यो सर्वसम्मत रूपमा अनुमोदन गरिएको छ ।’

बैठकले मंसिर २० गतेभित्रै पुराना तथा नयाँ क्रियाशील सदस्य वितरणको काम केन्द्रीय कार्यालयमार्फत सम्पन्न गर्ने निर्णय गरेको छ । त्यस्तै, पुस ८ गतेसम्म सबै निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता सम्बन्धी कार्य पूरा गर्ने निर्णय पनि गरिएको छ ।

कांग्रेसले महाधिवेशन तयारीलाई संगठन सुदृढिकरणसँग जोडेर आगामी दिनमा आवश्यक प्रक्रिया द्रुत गतिमा अघि बढाउने जनाएको छ ।

कांग्रेसको १५औं महाधिवेशन तालिका

नयाँ क्रियाशील सदस्य वितरण मंसिर २० सम्म

नयाँ क्रियाशील सदस्यको फाराम पठाउने– मंसिर २४ सम्म

सबै निर्वाचन क्षेत्रमा नयाँ क्रियाशील सदस्यताको काम सक्ने पुस ८ सम्म 

नयाँ र नवीकरण गरिएका सदस्यता अन्तिम सूची बुझाउने– पुस १४ 

विदेशस्थित जनसम्पर्क समितको अधिवेशन– पुस १५

गाउँ नगर र वडा अधिवेशन– पुस १६

गाउँ नगरपालिका अधिवेशन पुस १७

प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९

प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पुस २१

एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्ला अधिवेशन– पुस २२

प्रदेश अधिवेशन २३ र २४ गते ।

महाधिवेशन पुस २६, २७ र २८ गते ।

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

    काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८२’ का लागि उत्कृष्ट १० कृतिको अन्तिम सूची सार्वजनिक गरेको छ। गुठीले प्राप्त २९८ पुस्तकमध्येबाट छनोट गरिएका यी कृतिमध्ये एकलाई वर्ष २०८२ को प्रतिष्ठित मदन पुरस्कार प्रदान गरिने जनाएको छ। अन्तिम सूचीमा परेका कृतिहरूमा पाँचवटा उपन्यास छन्। यसैगरी एउटा कथासंग्रह र एउटा कवितासंग्रह छन्।

    Data is loading...

    Loading brands...

    Loading footer...