हेटौंडा सडक विस्तार छिटो अघि बढाउन ट्रक व्यवसायी महासंघको जोड

Author

सजिलो पत्रिका

२०८२ मंसिर १५, सोमबार

17
Share
Featured
  • ट्रक यातायात व्यवसायी महासंघले हेटौंडा क्षेत्रको अत्यधिक ट्राफिक चाप र साँघुरो सडकका कारण नारायणगढ–हेटौंडा तथा पथलैया–हेटौंडा सडक विस्तार छिटो अघि बढाउन सरकारलाई आग्रह गरेको छ।
  • सडक विस्तारले ढिलाइ गर्न नहुने भन्दै महासंघले वर्तमान सडक पुरानो भई आवश्यकताअनुसार नपुग्ने, दुर्घटना जोखिम बढेको र व्यवस्थापन तत्काल आवश्यक रहेको बतायो।
  • विस्तारका क्रममा प्रभावित संरचना मालिकलाई उचित मुआब्जा, क्षतिपूर्ति र पुनर्स्थापनाको व्यवस्था गर्न राज्यलाई अनुरोध गर्दै दुवै पक्षको हित सुनिश्चित गर्ने संयमित प्रक्रिया अपनाउन सुझाव दिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल ट्रक यातायात व्यवसायी महासंघले नारायणगढ–हेटौंडा र पथलैया–हेटौंडा सडक विस्तार कार्यलाई यथाशीघ्र अघि बढाउन सरकारलाई आग्रह गरेको छ । हेटौंडा क्षेत्र वर्षौंदेखि अत्यधिक ट्राफिक चाप, अव्यवस्थित पार्किङ र साँघुरो सडकका कारण जटिल बन्दै गएकाले विस्तार अब अपरिहार्य बनेको महासंघको धारणा छ ।

महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँद्वारा जारी विज्ञप्तिमा हेटौंडा बागमती प्रदेशको राजधानी भएर पनि लामो समयदेखि सडक सुविधाको अभावमा नागरिक र व्यवसायी दिनहुँ समस्यामा परेको उल्लेख छ । विसं २०१२–१३ सालमा निर्माण भएको हालको सडक वर्तमान आवश्यकता पूरा गर्न नसकेकाले विस्तारलाई ढिलाइ गर्न नहुनेमा महासंघले विशेष जोड दिएको छ ।

यातायात चाप बढ्दै जाँदा दुर्घटना जोखिम समेत बढेको परिस्थितिमा विस्तार कार्यलाई छिटो, प्रभावकारी र योजनाबद्ध रूपमा अघि बढाउनु आजको आवश्यकता भएको महासंघको भनाइ छ ।

यसैबिच, मंसिर ५ गते गोरखापत्रमा प्रकाशित सडक डिभिजन कार्यालयको सूचनामा हेटौंडा–१५ रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको दायाँ–बायाँ २५–२५ गजभित्रका संरचना हटाइने जानकारी दिइएको थियो, जसले स्थानीयवासी र व्यवसायीमा चासो उत्पन्न भएको छ ।

विस्तार छिटो गर्नुपर्ने धारणा राख्दै आएको महासंघले प्रभावित सम्पत्तिधनीको अधिकार संरक्षण पनि राज्यले गर्नैपर्ने भन्दै कानुनअनुसार उचित मुआब्जा, क्षतिपूर्ति र पुनस्र्थापनाको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।

महासंघले सडक विस्तार अब ढिलो नगरोस्, तर प्रभावितको हकहितलाई सम्मान गर्दै अघि बढोस् भन्ने सन्देशसहित दुवै पक्षको हित सुनिश्चित गर्ने संयमित प्रक्रिया अपनाउन सरकारलाई सुझाव दिएको छ ।

यो समाचारमा

हेटौंडाबागमती प्रदेशकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...