बाजुरामा औषधि व्यवसायीको विरोध : अव्यावहारिक प्रावधान खारेज गर्नुपर्ने माग

Author

सजिलो पत्रिका

२०८२ मंसिर १४, आइतबार

11
Share
Featured
  • बाजुराका औषधि व्यवसायीहरूले औषधि ऐन २०३५ को दफा ११(५) खारेज गर्न माग गर्दै कालोपट्टी र प्लेकार्डसहित धर्ना–विरोध प्रदर्शन गरे ।
  • नवीकरण ढिलो भएमा शत–प्रतिशत जरिवाना र ३१ औँ दिनमा इजाजतपत्र स्वतः रद्द हुने प्रावधान अव्यावहारिक भएको भन्दै व्यवसायीहरूले पेसागत सुरक्षामै संकट परेको आरोप लगाए ।
  • जायज मागहरू पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिँदै उनीहरूले मेडिकल बन्द गरेर विरोधका कार्यक्रम सञ्चालन गरेका छन् ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बाजुरामा पनि औषधि व्यवसायीहरूले विरोध प्रर्दशन गरेका छन् । औषधि ऐन, २०३५ को दफा ११ मा राखिएको अव्यावहारिक प्रावधान खारेज गर्नुपर्नेमा माग राख्दै उनीहरुले विरोध गरेका हुन् ।

व्यवसायीहरूले संशोधनले पेसागत सुरक्षामाथि प्रतिकूल प्रभाव पार्ने र अस्तित्वमै जोखिम उत्पन्न हुने भएकाले आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन् । 

औषधि ऐन २०३५ को दफा ११ उपदफा ५ खारेजीको माग राख्दै विरोध प्रदर्शन गरिएको मेडिकल व्यवसायी तथा आरसी मेडिकल हलका सञ्चालक रामचन्द्र यादवले बताए । केन्द्रीय सर्कुलर अनुसार जिल्लामा पनि सोही अनुरुप विरोधका कार्यक्रम गरिएको उनले जानकारी दिए । 

नवीकरण नगरे शत–प्रतिशत जरिवाना लाग्ने तथा ३१ औँ दिनमा इजाजतपत्र स्वतः रद्द हुने जस्ता प्रावधान तत्काल हटाउनुपर्ने मागसहित धर्ना तथा विरोधका कार्यक्रम गरिएको यादवको भनाइ छ । साथै केही समस्याले ढिला भएको खण्डमा त्यसलाई कमजोरी नठानी सहज माध्यम बनाउनुपर्नेमा जोड दिए ।

बाजुराका मेडिकल व्यवसायीहरुले आइतबार हातमा कालोपट्टी बाँधेर, हातमा प्लेकार्ड सहित सङ्घर्ष समितिले जिल्ला अस्पताल लाइनमा प्रदर्शनसहित विरोध गरेका हुन् । उनीहरुले मेडिकल बन्द गरेर धर्ना तथा विरोधका कार्यक्रम गरेका छन् ।

राज्यले सहज नीति नियमन बनाउनु भन्दा पनि व्यवसायीलाई त्रसित बनाउने काम गरेको व्यवसायीको आरोप छ । साथै व्यवसायीहरुले आफूले राखेका जायज मागहरु पूरा नभएको खण्डमा संघर्षका कार्यक्रम जारी रहने बताएका छन् ।

संशोधित ऐनअनुसार औषधि पसलको दर्ता नवीकरणको म्याद सकिएको भोलिपल्टदेखि शतप्रतिशत जरिवाना लागू हुने र ३१औँ दिनसम्म पनि नवीकरण नभएमा सो संस्था स्वतः खारेज हुने प्रावधान राखिएको छ । व्यवसायीले व्यवस्था अव्यवहारिक भएको ठहर गरेका छन् ।

यो समाचारमा

बाजुराकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...