लागूऔषधसहित रौतहटमा दुई जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ मंसिर १४, आइतबार

17
Share
Featured
  • रौतहट प्रहरीले १९० ग्राम ब्राउन सुगरसहित भोला साहलाई पक्राउ गरी उनको बयानका आधारमा राजेश राईलाई पनि नियन्त्रणमा लियो।
  • साह बैंकिङ कसुरका फरार प्रतिवादी रहेको र दुबैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
  • खुला सिमानाका कारण क्षेत्रमा लागूऔषध सेवनकर्ता र कारोबारी बढेको भन्दै स्थानीयमध्ये चिन्ता बढेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

रौतहट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी सहायक निरीक्षक निलेश पाठकको टोलीले गौर रोड घर भएका ३२ वर्षीय भोला साहलाई चेकजाँच गर्ने क्रममा ब्राउन सुगर फेला परेको हो । 

साहको पाइन्टको गोजीबाट १९० ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले पक्राउ गरेका साहको बयानका आधारमा चन्द्रपुर–६ घर भएका २८ वर्षीय राजेश राईलाई पनि नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका साह र राईबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार साह बैंकिङ कसुरका फरार प्रतिवादी हुन् ।  

यस घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । लागूऔषध सेवनकर्ता र कारोबारी बढेको भन्दै यहाँका वासिन्दाले चिन्ता व्यक्त गरेका छन् । 

नेपालभारत खुल्ला सिमनाका कारण लागू औषध सेवनकर्ता र कारोबारी बढेको अनुमान चन्द्रपुरवासीको छ ।

यो समाचारमा

नेपालरौतहटकाठमाडौँभारत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...