अर्नमा गाउँपालिका–५ को स्वास्थ्य चौकीमा म्याद सकिएको औषधि वितरण

Author

सजिलो पत्रिका

२०८२ मंसिर १३, शनिबार

25
Share2
Featured

काठमाडौँ

सिराहा को अर्नामा गाउँपालिका वडा नं. ५ मा रहेको स्वास्थ्य चौकीमा म्याद सकिएको ट्याब्लेट बिरामीलाई दिइएको कुरा बाहिर आएपछि स्थानीयहरू आक्रोशित बनेका छन् । 

उपचारका नाममा बिरामीको स्वास्थ्यसँग सीधा खेलवाड भएको भन्दै सेवा लिने नागरिकले कडा रूपमा आपत्ति जनाएका छन् ।

स्थानीयका अनुसार नियमित निगरानी नहुनु, औषधिको स्टक चेक नगर्नु र स्वास्थ्यकर्मीहरूको लापरवाहीका कारण यस्तो घटना दोहोरिरहँदा पनि कसैले गम्भीरता दिएका छैनन् । ‘बिरामी त उपचार खोज्दै आउँछन्, तर यहाँ त उल्टै स्वास्थ्य जोखिममा पार्ने काम भइरहेको छ ।’ एक स्थानीयले कडा रूपमा आक्रोश व्यक्त गरे ।

यस घटनापछि सम्बन्धित चौकीप्रमुख र गाउँपालिकालाई तत्काल छानबिन गरी जिम्मेवारमाथि कडा कारबाही गर्न माग गरिएको छ ।

यो समाचारमा

काठमाडौँसिराहाअर्नामा गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

    चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२ हजार ९४७ भुक्तानी पाएको छ । बिमा गरेका सेवाग्राहीसँग अस्पतालले असुल गर्नुपर्ने उक्त रकम बिमा बोर्डले उपलब्ध गराएको हो ।  स्वास्थ्य संस्थाका बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेल उपचारवापत अझै रु ३६ करोड असुल हुन बाँकी रहेको जानकारी दिए ।  संस्थाले विसं २०७४

    Data is loading...

    Loading brands...

    Loading footer...