काठमान्डुसँग चितवन ५३ रनले पराजित

Author

सजिलो पत्रिका

२०८२ मंसिर १२, शुक्रबार

11
Share
Featured

काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई ५३ रनले हराएको छ । 

शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमान्डुले चितवनलाई ५३ रनले पराजित गरेको हो । 

काठमान्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७.१ ओभरमा ८९ रन जोडेर  अलआउट भयो ।

चितवनका लागि देव खनाले २१ रन,रवि बोपाराले २१ रन र सोहेल तनवीरले १८ रन जोडे । 

त्यस्तैगरी काठमान्डुका लागि रसिद खानले ३ तथा कप्तान करण केसी, मिलिन्द कुमार र दीपेश कँडेलले दुई–दुई तथा सन्तोष यादवले १ विकेट लिएका थिए ।  

चार वटा खेल खेलेको चितवनले हालसम्म २ वटा खेल जितेर २ खेर हारेको छ । 

काठमान्डुले भने ३ खेल जितेको छ र २ खेल हारको छ ।

यो समाचारमा

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदाननेपाल प्रिमियर लिगकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...