एनपीएल: चितवनले टस जित्यो, काठमाडौं पहिला ब्याटिङ गर्दै

Author

सजिलो पत्रिका

२०८२ मंसिर १२, शुक्रबार

16
Share
Featured
  • चितवन राइनोजले टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय गरेको छ, काठमाण्डु गोर्खाज ब्याटिङमा उत्रिएका छन्।
  • टोली चयनमा एक मात्र परिवर्तन—चितवनले अमरसिंह राउटेलाको ठाउँमा रिजन ढकाललाई समावेश गरेको छ, गोर्खाजको टिम अपरिवर्तित।
  • दुवै टोलीसँग ४–४ अंक छन्, तर नेट रनरेटका आधारमा चितवन तालिकाको तेस्रो स्थानमा छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गत आजको खेलमा चितवन राइनोजले काठमाण्डु गोर्खाजविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेपछि काठमाण्डुले पहिला ब्याटिङको निम्तो पाएको हो ।

आजको खेलका लागि काठमाण्डु गोर्खाजले आफ्नो अघिल्लो खेलको टोलीलाई नै निरन्तरता दिएको छ । यता, चितवन राइनोजले भने एक परिवर्तन गरेको छ । अमरसिंह राउटेलाको स्थानमा रिजन ढकाल टिममा फर्किएका छन् ।

जारी प्रतियोगितामा चितवनले हालसम्म ३ खेल खेल्दा २ मा जित र एकमा हार बेहोरेको छ । काठमाण्डुले भने ४ खेलमा २ जित र २ हारको नतिजा निकालेको छ । दुवै टोलीको समान ४ अंक भए पनि नेट रनरेटका आधारमा चितवन तालिकाको तेस्रो स्थानमा रहेको छ ।

यो समाचारमा

काठमाडौँकुशल मल्ल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...