एनपीएलमा आज दुई खेल

Author

सजिलो पत्रिका

२०८२ मंसिर १२, शुक्रबार

19
Share
Featured
  • आज एनपीएलमा दुई खेल हुँदैछन्: पहिलो खेल चितवन राइनोज vs काठमाडौँ गोर्खाज (बिहान ११:४५) र दोस्रो खेल कर्णाली याक्स vs विराटनगर किंग्स (दिउँसो ४ बजे)।
  • चितवन र काठमाडौँ दुवैको ४–४ अंक रहेका छन् भने कर्णाली २ अंकसहित पाँचौँ र विराटनगर ६ अंकसहित दोस्रो स्थानमा छन्।
  • चारै टोलीमा राष्ट्रिय तथा विदेशी स्टार खेलाडीहरूको बलियो संयोजन रहेको छ, जसले दुवै खेललाई प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदैछन् । आज पहिलो खेल चितवन राइनोज र काठमाडौँ गोर्खाजबीच बिहान ११स् ४५ बजेदेखि हुदैछ ।

जारी एनपीएलमा चितवन राइनोजले ३ खेलमा २ जित र एक हार बेहोरेको छ र ४ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै काठमाडौँ गोर्खाजले ४ खेलमा २ जित र २ हारसहित ४ अंक हासिल गरेको छ र चौथो स्थानमा रहेको छ ।

कुशल मल्लको कप्तानीमा रहेको चितवनमा रिजन ढकाल, कलमसिंह ऐरी, देव खनाल जस्ता राष्ट्रिय खेलाडी रहेका छन् भने रवि भोपारा, सोहेल तनवीर, सैफ जैब, डेविड मलान र अल्पेस रामजानी जस्ता विदेशी खेलाडी रहेका छन् ।

त्यस्तै करण केसीको कप्तानीमा रहेको काठमाडौँ गोर्खाजमा भीम सार्की, शाहब अलाम, रशिद खान, मोहमद आदील आलम जस्ता राष्ट्रिय खेलाडी र मार्वे गेरार्ड इरासमस, जोन एन्ड्रयु सिम्पसन, मिलिन्द कुमार जस्ता विदेशी खेलाडी रहेका छन् ।

त्यसैगरी आज दोस्रो खेल कर्णाली याक्स र विराटनगर किंग्सबीच दिउसो ४ बजेदेखि खेल हुदैछ । जारी एनपीएलमा कर्णाली याक्सले ३ खेलमा एक जित र २ हार बेहोरेको छ भने २ अंकसहित पाँचौं स्थानमा रहेको छ । त्यस्तै विराटनगर किंग्सले ४ खेलमा ३ जित र एक हारसहित ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।सोमपाल कामीको कप्तानीमा गुल्शन झा, नन्दन यादव, पवन सराफ, जस्ता राष्ट्रिय खेलाडी रहेको कर्णाली याक्समा जयकिशन कोलसावाला, म्याक्स ओुडाउड, प्रियांक पञ्चाल, मार्क वाट र नाजिबउल्लाह जद्रान जस्ता विदेशी खेलाडी समेत रहेका छन् ।

त्यस्तै सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरमा लोकेश बम, प्रतिश जिसी जस्ता राष्ट्रिय खेलाडी छन् भने जर्ज मुन्सी, मार्टिन गप्टिल, शुभम सुबहस रंजने, मर्चेन्ट डी लंगे, फाफ डु प्लेसिस, साम्युएल डाली हीजलेट जस्ता विदेशी खेलाडी रहेका छन् ।

यो समाचारमा

काठमाडौँसन्दीप लामिछानेगुल्शन झानेपाल प्रिमियर लिग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...