ठूलो परिमाणमा लागुऔषध ट्रामाडोलसहित अटो चालक पक्राउ

Author

सजिलो पत्रिका

२०८२ मंसिर ११, बिहिबार

24
Share
Featured
  • हेटौंडामा १५,९६० ट्रामाडोल क्याप्सुलसहित अटो चालक सोनम मोक्तान पक्राउ।
  • बरामद भएको मात्रा अत्यधिक भएकाले यसलाई संगठित लागुऔषध कारोबारी समूहसँग जोडिएको अनुमान।
  • मकवानपुर प्रहरीले लागुऔषध रोकथाम अभियान कडाइका साथ अघि बढाउँदै अनुसन्धान तीव्र पारिरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


जिल्लामा लागुऔषध रोकथाम तथा नियन्त्रण अभियानलाई कडाइका साथ अघि बढाउँदै आएको नेपाल प्रहरीले हेटौंडामा ठूलो परिमाणको ट्रामाडोल क्याप्सुलसहित एक अटो चालकलाई पक्राउ गरेको छ । 

पछिल्ला दिनमा मकवानपुरमा लागुऔषध कारोबार बढ्दै गएको पृष्ठभूमिमा प्रहरीले गरेको यो सफलताले अवैध कारोबारमा संलग्न समूहमाथि कडा दबाब परेको जनाइएको छ ।

आज बिहान ११ः३० बजे, राप्तिरोड हुँदै थानाभ-याङतर्फ जाँदै गरेको बा.प्र.०३–००१ह ०१२६८८ नम्बरको अटो प्रहरीले देख्नेबित्तिकै तीव्र गतिमा भाग्न खोजेपछि प्रहरी टोलीले पछ्याएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले अटोलाई पछ्याउँदै जाँदा हेटौडा उपमहानगरपालिका–१, तरकारी बजार क्षेत्रमा फेला पारेको हो ।

नियमित जाँच तथा अनुसन्धानका क्रममा अटो चालक हेटौंडा–१३ बस्ने करिब २७ वर्षीय सोनम मोक्तानलाई नियन्त्रणमा लिएर गरिएको खानतलासीमा अटो भित्र लुकाइ–छिपाइ राखिएको १५ हजार ९६० क्याप्सुल ट्रामाडोल फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका मोक्तानमाथि लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (एसपी) सुवासचन्द्र बोहोराका अनुसार बरामद गरिएको ट्रामाडोल अत्यधिक मात्रा भएकाले यो घटना संगठित कारोबारी समूहसँग सम्बन्धित रहेको प्रारम्भिक अनुमान गरिएको छ। उनका अनुसार अटो, चालक र बरामद सबै सामग्रीसहित अदालतबाट म्याद थप गरी अनुसन्धान तीव्र पारिएको छ।

एसपी बोहोराले करिब १५ दिनअघि पनि ८,३०० क्याप्सुल ट्रामाडोलसहित पाँच जना पक्राउ परेका घटनालाई स्मरण गर्दै मकवानपुरमा लागुऔषध तस्करी सक्रिय बन्दै गएको बताए। प्रहरीले यस्ता अवैध कारोबारमा संलग्न समूह पहिचान गरी धरपकडलाई अझ कडाइका साथ अघि बढाइने जनाएको छ।

मकवानपुर प्रहरीले पछिल्लो समय लागू औषधि नियन्त्रणलाई प्राथमिकतामा राख्दै निगरानी, श्रृंखलाबद्ध चेकजाँच तथा गोप्य सूचनाका आधारमा अपरेसन सञ्चालन गरिरहेको छ।

यो समाचारमा

मकवानपुरकाठमाडौँहेटौंडाहेटौडा उपमहानगरपालिका
नेपाल प्रहरी4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    अवैध व्यापारिक गतिविधि गर्नेलाई सरकारको कडा चेतावनी, बजार अनुगमन तीव्र पारिने

    काठमाडौं । सरकारले बजारमा लेबल नभएका, न्यून गुणस्तरका, मिसावटयुक्त र चोरी पैठारी गरिएका सामान बिक्री गर्ने व्यवसायीलाई कडा कारबाहीको चेतावनी दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना जारी गर्दै गैरकानूनी व्यापारिक गतिविधिमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउने स्पष्ट पारेको हो।भौतिक बजारका साथै

    Data is loading...

    Loading brands...

    Loading footer...