निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा चुनाव गराउँछौं :मन्त्री अर्याल

Author

सजिलो पत्रिका

२०८२ मंसिर ११, बिहिबार

14
Share
Featured
  • गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले आगामी फागुन २१ गते जुनसुकै अवस्था भए पनि चुनाव गराउने दावी गरेका छन्।
  • सरकारले निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन जिम्मेवार रहेको र त्यसमा जुटेको बताए।
  • हतियार र फरार कैदी मुद्दाले चुनावमा बाधा नपर्ने र अधिकांश हतियार फिर्ता भइसकेको जानकारी उनले दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले आगामी फागुन २१गते जुनैपनि हालतमा निर्वाचन गराएर छोड्ने दावी गरेका छन् । 

बिहीबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठकमा बोल्दै उनले निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा चुनाव गराउनु पर्ने दायीत्व सरकारको रहेको बताउँदै त्यसैमा सरकार जुटेको बताएका हुन् । 

उनले भने, ‘अहिले चुनाव हुन्छ कि हुँदैन् भन्ने आशंकाहरु छन् । खासगरी सुरक्षाको हिसाबले बाधाहरु नआएको होइन् आइराखेकै छन् । चुनावको वातावरण बन्ने तर्फ नै गएको छ । सबै दलले दल दर्ता गर्नुभएको छ । सरकारले जसरी पनि चुनाव गर्छ । त्यही ढंगले काम गर्छ । दलिय नभएर यो गैरदलिय सरकार भएकाले हामीले त्यही खालको भूमिका खेल्नुपर्छ । हाम्रो निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा चुनाव गराउनु पर्ने दायीत्व छ ।’ 

त्यस्तै, उनले धेरै हतियार फिर्ता आइसकेको भन्दै फिर्ता भएका कतिपय जलेर कामै नलाग्ने अवस्थामा रहेको बताए । अहिले कति हतियार बाहिर छन् भन्ने कुरा सुरक्षा सम्बन्धि प्रोटोकलले भन्न नमिल्ने बताउँदै उनले फिर्ता नभएकोमा केही जलेको र केही ठूला हतियार खोलामा बगाएको पनि हुनसक्ने आशंका व्यक्त गरे । 

‘अहिले हतियार बाहिर कति छन् भन्ने कुरा हाम्रो सुरक्षा सम्बन्धि प्रोटोकलले भन्न मिल्दैन् । धेरै जस्तो हतियारहरु फिर्ता भइसकेको छन् । फिर्ता नभएकोमा केही जलेको छन् र केही ठूला हतियार चाहिँ खोलामा बगाएको पनि हुनसक्छ ।’ उनले भने,

त्यस्तै, फरार कैदी मध्य गम्भीर अपराधमा संलग्नहरुको संख्या कम भएकाले हतियार र कैदी बन्दीकै कारणले चुनाव विथोलीन्छ भन्ने पक्षमा सरकार नरहेको धारणा राखे । 

‘हत्यामा संलग्न अंगभंग यस्तो खालको गम्भीर अपराधमा संलग्नहरुको संख्या अलि कम नै छ । लागू औषध र जबरजस्तीकरणीको अलि धेरै छ । त्यसैले हतियार र कैदी बन्दीकै कारणले चुनाव विथोलीन्छ भन्ने पक्षमा हामी छैनौं ।’ उनले भने,

यो समाचारमा

ओमप्रकाश अर्यालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    काठमाडौं । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ। यस विषयमा औपचारिक निर्णय गर्न र आगामी रणनीति तय गर्न आइतबार काठमाडौँमा एमाले बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ।एमालेले शनिबार नै मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराइसकेको छ।

    Data is loading...

    Loading brands...

    Loading footer...