रवि लामिछाने र छविलाल जोशीको मुद्दा आज इजलासमा

Author

सजिलो पत्रिका

२०८२ मंसिर ११, बिहिबार

16
Share
Featured
  • सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडिया सञ्चालक छविलाल जोशीको मुद्दा आजका लागि उच्च अदालत तुलसीपुरले पुनः तोकेको छ।
  • उनीहरूमाथि १० करोड ९९ लाखभन्दा बढी रकम ठगी र संगठित अपराधको आरोप छ; अदालतले उनीहरूलाई जमानत दिएकै भए पनि थुनामै राखेर पुर्पक्ष गर्न आदेश दिएको छ।
  • लामिछाने हाल नख्खु कारागार, काठमाडौं, र जोशी भैरहवा कारागारमा छन्; मुद्दा बारम्बार स्थगित हुँदा आजको सुनुवाइलाई विशेष महत्व दिइएको छ।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ

सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडिया सञ्चालक छविलाल जोशीको मुद्दाको पेशी आजका लागि पुनः तोकिएको छ ।

उच्च अदालत तुलसीपुर, बुटवल इजलासले आजका लागि सुनुवाइको मिति तय गरेको हो । यसअघि कानुनी पक्षबाटै पटक–पटक माग भएपछि स्थगित हुँदै आएको यो मुद्दालाई आजको पेशीमा महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

लामिछाने र जोशीमाथि सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराधको आरोपमा १० करोड ९९ लाखभन्दा बढीको सामूहिक बिगो कायम गरिएको छ । दुवैले आफ्नो हिस्साको २ करोड ७४ लाख रुपैयाँ बराबरको जमानत पेस गरे पनि अदालतले उनीहरूलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो ।

हाल लामिछानेलाई भैरहवाबाट काठमाडौंको नख्खु कारागारमा सारिएको छ भने जोशी भैरहवा कारागारमै छन् । मुद्दा बारम्बार स्थगित हुँदा न्यायिक प्रक्रियामा ढिलाइ भइरहेकाले आजको सुनुवाइलाई चासोका साथ हेरिएको छ ।

यो समाचारमा

नख्खु कारागारराष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँरवि लामिछाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...