पुराना दलहरु नेतृत्वमा चुक्दा जेनजी आन्दोलनको जन्म भयोःमन्त्रि घिसिङ

Author

सजिलो पत्रिका

२०८२ मंसिर १०, बुधबार

11
Share
Featured
  • कुलमान घिसिङका अनुसार विगतका राजनीतिक नेताहरू राजनीतिक परिवर्तनमा सफल भए पनि विकास नेतृत्वमा असफल भएकाले जेनजी आन्दोलन जन्मियो।
  • देशको नाजुक अवस्थामा ‘सेफ ल्यान्डिङ’ गराउन आफूले मन्त्रीको जिम्मेवारी लिएको उनले बताए।
  • पुराना ऐन–कानुन बदलिनुपर्ने भन्दै सबै दल दर्ता भइसकेकाले तोकिएको समयमा निर्वाचन हुने दाबी गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विगतका राजनीतिक दलका नेताहरुले राजनीतिक नेतृत्वमा सफलता हासिल गरेपनि विकासको नेतृत्वमा भने चुकेको बताएका छन् । 

बुधबार राष्ट्रिय युवा परिषद् र नेपाल विजनेस इन्स्टिच्युटले संयुक्त रुपमा आयोजना गरेको नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन –२०८२ लाई सम्बोधन गर्दै उनले राजनीति र व्यवस्था परिवर्तनमा सफल भएका नेताहरु विकासको नेतृत्वमा चुकेको कारण जेनजी आन्दोलनको जन्म भएको बताएका हुन् । 

उनले भने,‘हामीले केही हुँदै छ,भन्ने आशा जगाउने काम गर्नुपर्ने छ । सुशासनको प्रत्याभूति पनि दिनु पर्ने छ । सबैभन्दा महत्वपूर्ण कुरा निर्वाचन गराउनुपर्ने छ । यो जेनजी आन्दोलन त्यत्तिकै भएको थिएन । लामो समयको निराशा,आक्रोसको बिस्फोटन थियो । किन यो जन्मियो त भनेर खोज्ने हो भने देशमा राजनीति र सिस्टममा परिवर्तन धेरै देख्यौं । तर,त्यसपछिको विकासको एजेण्डामा नेतृत्व दिन हरेक पटक असफल हुँदै गयो । विगतका राजनीतिक नेतृत्वहरु धेरै सफल हुनुभयो तर,सफल विकासको सन्दर्भमा सफत नेतृत्वकर्ता हुन सक्नुभएन ।’ 

त्यस्तै मन्त्री घिसिङले ठूलो चुनौतीको बीचमा आफूले मन्त्रीको भूमिका निभाएको  स्मरण गरे । देशको नाजुक अवस्थामा नेतृत्व लिएर देशलाई सेफ ल्यान्डिङमा लानुपर्छ भन्ने लागेर आफूले मन्त्रिको जिम्मेवारी लिन तयार भएको उनी सुनाउँछन् । 

‘ठूलो चुनौतीको बीचमा मैले एउटा मन्त्रीको भूमिका निभाएर आएको हुँ । जिम्मेवारी लिनुपर्यो भन्दापनि पछाडी हट्ने अवस्था मैले पनि अनुभूति गरेको थिए । मैले एउटा देशको नाजुक अवस्थामा नेतृत्व लिएर देशलाई एउटा सेफ ल्यान्डिङमा लानुपर्छ । निकास दिनुपर्छ भनेर यो सरकारमा मन्त्रिको जिम्मेवारी लिएको हुँ ।’ 

पुराना ऐन कानुनले समृद्धिको जनचाहना पूरा गर्न नसकेको बताउँदै मन्त्री घिसिङले निर्वाचन पछि आउने सरकारल त्यस्ता ऐन, कानुन र नीति परिवर्तन गर्नुपर्ने धारणा राखे । 

उनले सबै राजनीतिक दल निर्वाचन भाग लिन निर्वाचन आयोगमा दर्ता भएको  भन्दै तोकिएको समयमै निर्वाचन हुने दावी गरे । 

यो समाचारमा

काठमाडौँकुलमान घिसिङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...