हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी आन्दोलनको घोषणा

Author

सजिलो पत्रिका

२०८२ मंसिर १०, बुधबार

22
Share
Featured
  • बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले मानवताविरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएपछि उनका पार्टी अवामी लिगले नोभेम्बर २५–३० सम्म देशव्यापी आन्दोलन घोषणा गरेको छ।
  • अवामी लिगले उक्त फैसलालाई “अवैध न्यायाधिकरणको अवैध फैसला” भन्दै यसलाई राजनीतिक षड्यन्त्रको रूपमा व्याख्या गरेको छ।
  • फैसला सुनाउँदा हसिना देशबाहिर रहेको उल्लेख गरिएको छ, र पार्टीले विपक्षी कदमको रुपमा विरोध प्रदर्शन तथा प्रतिरोध मार्च आयोजना गर्ने जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएपछि उनको पार्टी अवामी लिगले देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।

पार्टीले मंगलबार (नोभेम्बर २५) देखि नोभेम्बर ३० सम्म देशभर विरोध प्रदर्शन र प्रतिरोध मार्च निकाल्ने घोषणा गरेको हो । अवामी लिगले उक्त फैसलालाई "अवैध न्यायाधिकरणको अवैध फैसला" भन्दै यसलाई राजनीतिक षड्यन्त्रको संज्ञा दिएको छ ।

गत नोभेम्बर १७ मा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले ७८ वर्षीया हसिना र उनका तत्कालीन गृहमन्त्री असदुज्जामान खान कमाललाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै फाँसीको सजाय सुनाएको थियो ।

फैसला सुनाइएका बेला हसिना देशबाहिर छिन् । उनी हाल भारतमा रहेको बताइएको छ भने पूर्वगृहमन्त्री कमाल पनि भारतमै लुकेको हुन सक्ने आशंका गरिएको छ ।

यो समाचारमा

बंगलादेशकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...