इतिहासमा आज : मुम्बई आक्रमणको त्यो कालो दिनदेखि कंकर्ड विमानको बिदाइसम्म

Author

सजिलो पत्रिका

२०८२ मंसिर १०, बुधबार

16
Share
Featured

काठमाडौँ

विश्व इतिहासमा हरेक दिन कुनै न कुनै विशेष घटनाका कारण महत्वपूर्ण मानिन्छन्। आजको दिन (नोभेम्बर २६) पनि इतिहासमा भएका विभिन्न सुखद, दुखद तथा रोचक घटनाका कारण स्मरणयोग्य छ। आजकै दिन भारतको मुम्बईमा भएको भयानक आतंकवादी हमलादेखि सुपरसोनिक विमान कंकर्डको बिदाइसम्मका घटनाहरू भएका थिए।

मुम्बईमा आतंकवादी हमलाको त्यो दिन

सन् २००८ मा आजकै दिन भारतको आर्थिक राजधानी मुम्बई आतंकवादी हमलाले थर्कमान भएको थियो। पाकिस्तानको आतंकवादी संगठन लस्कर–ए–तोइबाले मुम्बईका विभिन्न १० स्थानमा शृंखलाबद्ध बम विष्फोट तथा गोली प्रहार गरेको थियो। उक्त नृशंस आक्रमणमा परी १७४ जनाले ज्यान गुमाएका थिए। यो घटनालाई विश्व आतंकवादको इतिहासमा एक कालो दिनका रूपमा लिइन्छ।

सुपरसोनिक कंकर्ड विमानको बिदाइ

ध्वनिभन्दा तीव्र गतिमा उड्ने यात्रुवाहक ‘सुपरसोनिक कंकर्ड’ विमानलाई सन् २००३ मा आजकै दिन सेवाबाट अवकाश दिइएको थियो। २७ वर्ष लामो सेवा अवधिमा दुर्घटनाको जोखिम र उच्च सञ्चालन खर्चका कारण यो विमानलाई सदाका लागि ग्राउन्डेड गरिएको थियो।

लन्डनको ऐतिहासिक डकैति

सन् १९८३ मा आजकै दिन बेलायतको लन्डनस्थित हिथ्रो विमानस्थलमा इतिहासकै ठूलो डकैति भएको थियो। विमानस्थलको गोदामबाट २ करोड ३० लाख पाउन्ड बराबरको सुन, हीरा र नगद लुटिएको थियो। रोचक कुरा के छ भने, लुटिएको उक्त धनमाल कहिल्यै बरामद हुन सकेन।

विज्ञान र प्रविधिमा फड्को

आजको दिन विज्ञान र प्रविधिको क्षेत्रमा पनि विशेष मानिन्छ। सन् १९६६ मा फ्रान्सको ब्रिटनीस्थित रेन्स नदीमा विश्वकै पहिलो र सबैभन्दा ठूलो ज्वारिय विद्युत स्टेसन (Tidal Power Station) को उद्घाटन गरिएको थियो। त्यस्तै, सन् १९६५ मा फ्रान्सले आफ्नो पहिलो उपग्रह ‘एस्टेरिक्स’ प्रक्षेपण गर्दै अन्तरिक्ष दौडमा आफूलाई उभ्याएको थियो।

अन्य प्रमुख घटनाहरू

टर्कीमा ३३७ सैनिकलाई जन्मकैद: सन् २०१६ को असफल सैनिक ‘कु’ मा संलग्न भएको आरोपमा सन् २०२० मा आजकै दिन टर्कीको अदालतले ३३७ जना सैनिक अधिकृतलाई जन्मकैदको फैसला सुनाएको थियो।

चीनमा कोभिड विरुद्ध प्रदर्शन: सन् २०२२ मा चीन सरकारको शून्य कोभिड नीतिविरुद्ध आजकै दिन विशाल प्रदर्शनहरू भएका थिए। उरुम्कीको एक अपार्टमेन्टमा आगलागी भई १० जनाको मृत्यु भएपछि प्रदर्शन चर्किएको थियो।

गर्मीले २३ हजार चमेराको मृत्यु: सन् २०१८ मा अस्ट्रेलियाको नर्थ क्विन्सल्यान्डमा ४२ डिग्री सेल्सियस तापक्रम पुग्दा अत्यधिक गर्मीका कारण करिब २३ हजार चमेरा मरेका थिए।

क्यान्सर विरुद्ध नग्न प्रदर्शन: सन् २०२२ मा छालाको क्यान्सरविरुद्ध जनचेतना जगाउन अस्ट्रेलियाको बोन्डी समुद्री किनारमा २ हजार ५०० जनाले निर्वस्त्र तस्बिर खिचाएका थिए।

यो समाचारमा

भारतकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    म्याग्दीको लुलाङमा १० दिनदेखि विद्युत् सेवा अवरुद्ध, सञ्चार र पठनपाठन ठप्प

    बेनी । म्याग्दीको धौलागिरि गाउँपालिका-२ लुलाङमा १० दिनदेखि विद्युत सेवा अवरुद्ध बनेको छ । दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृहका उपकरणमा चट्याङले क्षति पुर्‍याएपछि यस परियोजनाबाट विद्युत सेवा उपभोग गरिरहेका करिब ४०० घर विद्युत सुविधाबाट वञ्चित भएका छन् ।चट्याङले विद्युतगृहको एलसी प्लेट जलेको र उपकरण मर्मतका लागि बुटवल पठाइएको परियोजनाका अपरेटर

    Data is loading...

    Loading brands...

    Loading footer...