एनपीएल: विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै

Author

सजिलो पत्रिका

२०८२ मंसिर १०, बुधबार

19
Share
Featured
  • एनपीएलमा आज एक मात्र खेल हुँदैछ, जहाँ अपराजित विराटनगर किंग्सले चितवन राइनोजसँग दिउँसो ४ बजे सामना गर्नेछन्।
  • विराटनगरले ३ खेलमध्ये सबै जितेको छ, जबकि चितवनले २ खेलमा १ जित र १ हार छ।
  • दुवै टिममा राष्ट्रिय तथा चर्चित विदेशी खेलाडीहरूको बलियो संयोजन छ, जसले खेललाई रोचक बनाउने अपेक्षा छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक मात्र खेल हुँदैछ, जसमा अपराजित रहेको विराटनगर किंग्सले चितवन राइनोजको सामना गर्नेछ । खेल दिउँसो ४ बजेदेखि सुरु हुने तालिका छ ।

जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको विराटनगरले आफ्ना सुरुवाती तीनवटै खेलमा जित निकाल्दै अपराजित यात्रा कायम राखेको छ । अर्कोतर्फ, चितवन राइनोजले भने खेलेका दुई खेलमा एकमा जित र एकमा हार बेहोरेको छ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरको टोली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले भरिएको छ । टोलीमा लोकेश बम, प्रतिश जिसी जस्ता राष्ट्रिय खेलाडीका साथै जर्ज मुन्सी, मार्टिन गप्टिल, फाफ डु प्लेसिस, मर्चेन्ट डी लंगे, शुभम रंजने र साम्युएल डाली हीजलेट जस्ता चर्चित विदेशी खेलाडीहरू छन् ।

त्यस्तै, कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजमा पनि प्रतिभावान खेलाडीहरूको उपस्थिति छ । टोलीमा रिजन ढकाल, कलमसिंह ऐरी, देव खनाल जस्ता राष्ट्रिय खेलाडी छन् भने रवि बोपारा, सोहेल तनवीर, सैफ जैब, डेविड मलान र अल्पेस रामजानी जस्ता अनुभवी विदेशी खेलाडीले टोलीलाई सन्तुलन प्रदान गरेका छन् ।

आजको खेलमा विराटनगर आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ भने चितवन बलियो विराटनगरलाई स्तब्ध पार्दै प्रतियोगितामा दोस्रो जित दर्ता गर्ने प्रयासमा हुनेछ ।

यो समाचारमा

सन्दीप लामिछानेकाठमाडौँकुशल मल्ल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...