लण्डनबाट सुरु भयो सलोनको ‘बिक्रम’को छायाकंन

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०९, मङ्गलबार

17
Share
Featured
  • फिल्म ‘बिक्रम’को छायांकन लन्डनबाट सुरु, ९०% बेलायतमा र १०% नेपालमा हुने।
  • सलोन बस्नेत, निर्देशक बिक्रम जोशी र विदेशी कलाकार नादेशि हप्किन्स मुख्य भूमिकामा, हिरल जोशी निर्माता।
  • फस्टलुकले फिल्म बक्सिङ/एक्सन विधामा आधारित रहेको संकेत।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बिक्रम जोशीको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘बिक्रम’को छायांकन लन्डनबाट सुरु भएको छ ।

फिल्म महारानी प्रोडक्सन युके, फिल्म फ्याक्ट्री युके र संस्कृति क्रिएशन्स नेपालको संयुक्त ब्यानरमा निर्माण हुन लागेको हो। फिल्मकि निर्माता हिरल जोशी रहेकी छिन् । फिल्मका एसोसिएट निर्देशकमा सुरेश न्यौपाने रहेका छन् । ‘संस्कृति क्रिएशन्स नेपाल’ न्यौपानेको कम्पनी हो ।

अभिनेता सलोन बस्नेत र निर्देशक बिक्रम जोशीका अलवा विदेशी कलाकार नादेशि हप्किन्सको फिल्ममा मुख्य भुमिका रहनेछ । सागर प्याकुरेलको लेखन रहेको फिल्ममा सौरभ लामाको डिओपी र ईश्वर सिन्केमानाको छायांकन रहनेछ । फिल्मका प्रोडक्सन म्यानेजर रबिन भारती हुन् ।

निर्माण पक्षका अनुसार फिल्मको ९० प्रतिशत छायांकन बेलायतमा र बाँकी १० प्रतिशत छायाँकन नेपालमा गरिनेछ। केही समयअघि निर्माण टिमले फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गरेको थियो।

सार्वजनिक पोस्टरमा कलाकारको लुक्स हेर्दा फिल्म बक्सिङ खेल वा एक्सन विधामा आधारित रहेर निर्माण हुन लागेको अनुमान लगाउन सकिन्छ ।

यो समाचारमा

काठमाडौँनेपाललन्डनसलोन बस्नेत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

    लन्डन । बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ ।  बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए ।त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण

    Data is loading...

    Loading brands...

    Loading footer...