प्रतिनिधिसभा निर्वाचनका लागि अर्थ मन्त्रालयद्वारा करिब ५ अर्ब निकासा

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०९, मङ्गलबार

14
Share
Featured
  • प्रतिनिधिसभा निर्वाचनका लागि अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रुपैयाँ निर्वाचन आयोगलाई उपलब्ध गराएको छ, आवश्यक परे थप बजेट माग गर्न सकिनेछ।
  • मतदाता नामावली रुजु एक हप्ताभित्र सकिने छ । हाल मतदाता संख्या १ करोड ९० लाखभन्दा धेरै पुगेको छ, र त्रुटि सच्याउने प्रक्रिया मंसिर २१–२७ मा हुनेछ।
  • निर्वाचनका लागि दल दर्ता गर्ने क्रम जारी, हालसम्म ६१ दल दर्ता भइसकेका छन्, अन्तिम मिति मंसिर १० गतेसम्म।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अर्थ मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगलाई करिब ५ अर्ब रुपैयाँ उपलब्ध गराएको छ। आयोगले निर्वाचन सञ्चालनका लागि ७ अर्ब रुपैयाँ माग गरेकोमा तत्कालका लागि ४ अर्ब ९६ करोड रुपैयाँ निकासा भएको हो।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आवश्यक परे थप बजेट माग गर्न सकिने र खर्च नभएको रकम विगतमा जस्तै फिर्ता गरिने जानकारी दिनुभयो।

यसैबीच, निर्वाचन आयोगले मतदाता नामावली रुजु गर्ने कार्य एक हप्ताभित्रै सम्पन्न गर्ने भएको छ। ७७ वटै जिल्लाका निर्वाचन कार्यालयहरूले राष्ट्रिय परिचयपत्रलाई आधार मानेर नामावली रुजु गरिरहेका छन्। हाल कुल मतदाता संख्या १ करोड ९० लाख ५ हजार ३२४ पुगेको छ, जसमा ८ लाख ३७ हजार ९४ जना नयाँ मतदाता थपिएका छन्।

प्रवक्ता भट्टराईका अनुसार, नामावलीमा नाम दोहोरिएको र १८ वर्ष उमेर नपुगेकाहरूको विवरण रुजु गरी प्रक्रिया पुर्‍याएर हटाइनेछ। रुजु कार्य सकिएपछि मंसिर २१ देखि २७ गतेसम्म मतदाता नामावलीमा भएको त्रुटि सच्याउन, नाम हटाउन वा बसाइँसराइको विवरण अद्यावधिक गर्न उजुरी दिन सकिनेछ। तर, नयाँ मतदाता नामावली भने अब दर्ता हुने छैन।

सबै प्रक्रिया पूरा भएपछि पुस १५ गतेभित्र अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।

निर्वाचनका लागि ६१ दल दर्ता

निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने क्रम पनि जारी छ। सोमबारसम्म ६१ वटा दलले प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गराएका छन्। दल दर्ताको अन्तिम मिति मंसिर १० गतेसम्म रहेको छ। निर्वाचन आयोगमा हाल कुल १३२ वटा राजनीतिक दल दर्तामा छन्।

यो समाचारमा

प्रतिनिधि सभानिर्वाचन आयोगकाठमाडौँअर्थ मन्त्रालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...