एनपीएलः सुदूरपश्चिमले कर्णाली याक्सविरुद्ध पहिला ब्याटिङ गर्ने

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०८, सोमबार

16
Share
Featured

काठमाडौँ

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । 

सोमबार त्रिवि क्रिकेट मैदानमा सुरु हुने दोस्रो खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । 

दुई खेल खेलेका सुदूरपश्चिम चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ । कर्णालीले २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेर तेस्रो स्थानमा छ । 

एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

यो समाचारमा

क्रिकेटनेपाल प्रिमियर लिगकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...