दृष्टिविहीन महिला टोलीको गुनासो : राष्ट्रबाट आवश्यक सहयोग नपाउँदा ट्रफि ल्याउन सकेनौं

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०८, सोमबार

17
Share
Featured

काठमाडौँ

दृष्टिविहीन महिला टोली टी–२० विश्वकप खेलेर स्वदेश फिर्ता आएका छन् ।  फाइनल खेलमा भारतसँग पराजित भएको टोली सोमबार स्वदेश फिर्ता भएको हो । 

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा कप्तान गीता पौडेलले राष्ट्रबाट पाउनुपर्ने सहयोग नपाएर सिमित स्रोत र साधनकाबीच खेल खेल्नुपर्दा विजेता बन्न नसकेको गुनासो गरिन् । 

उनले भनिन्,‘हाम्रो जति स्रोत साधन थियो, त्यस अनुसार क्षमताले भ्याएसम्म खेलेका हौं । तर हामीलाई अझै धेरै कुराको अभाव छ । त्यही अभावका बाबजुत उपविजेता बन्नु गौरवको कुरा हो । तर राष्ट्रबाट पाउनुपर्ने सहयोग पाएको भए सान अझै बढ्थ्यो होला । पहिलो ट्रफि नै लिएर आउथ्यौं होला ।’

समयमा नै अभ्यासको लागि मैदान अभाव हुँदा २०–२२ दिनको अभ्यासले यहाँसम्म पुग्नु नै ठूलो कुरा भएको धारणा राखिन् ।  

आइतबार सम्पन्न फाइनल खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको थियो ।

यो समाचारमा

काठमाडौँभारतत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...