एनपीएल: जनकपुरलाई विराटनगरको १३६ रनको सामान्य लक्ष्य

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०८, सोमबार

12
Share
Featured
  • विराटनगर किंग्सले टस हारेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १३५ रन बनाए, जसले जनकपुर बोल्ट्सलाई १३६ रनको लक्ष्य प्रस्तुत गर्यो।
  • मध्यक्रमका ब्याट्सम्यान शुभम रञ्जने (३७ रन), बसिर अहमद (३६ रन) र लोकेश बम (२८ रन) ले प्रमुख योगदान दिए; ओपनर मार्टिन गुप्टिल र जर्ज मुन्से कम रनमा आउट भए।
  • जनकपुरका बलर सङ्गीत कूरय र रुपेश सिंहले समान २-२ विकेट लिए; विराटनगर लगातार तेस्रो जितको लागि कडा बलिङ गर्नुपर्नेछ भने जनकपुरले प्रतियोगितामा पुनरागमनका लागि खेल जित्नुपर्ने दबाबमा छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको खेलमा विराटनगर किंग्सले साविक विजेता जनकपुर बोल्ट्सलाई जितका लागि १३६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३५ रन बनायो।

विराटनगरका लागि मध्यक्रमका ब्याट्सम्यान शुभम रञ्जनेले सर्वाधिक ३७ रन बनाए भने बसिर अहमदले ३६ रनको योगदान दिए। त्यसैगरी, लोकेश बमले २८ रन जोडे। यसअघिका खेलमा आक्रामक देखिएका ओपनर मार्टिन गुप्टिल १३ र जर्ज मुन्से १० रनमा आउट भएपछि विराटनगरले ठूलो स्कोर बनाउन सकेन।

जनकपुरका लागि बलिङतर्फ सङ्गीत कूरय र रुपेश सिंहले समान २-२ विकेट लिए।

लगातार तेस्रो जितको खोजीमा रहेको सन्दीप लामिछानेको कप्तानीको विराटनगरले आज जनकपुरलाई रोक्न कडा बलिङ गर्नुपर्नेछ। अर्कोतर्फ, पहिलो खेलमा पराजित भएको अनिल साहको कप्तानीको जनकपुरलाई प्रतियोगितामा पुनरागमन गर्न यो खेल जित्नैपर्ने दबाब छ।

यो समाचारमा

क्रिकेटकाठमाडौँजनकपुरसन्दीप लामिछाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...